☰ open Loading... 21 May 2024|  

प्रदेश ६ : संसद बैठकका लागि तयारी पूरा (फाेटाेसहित)
  | २० माघ २०७४, शनिबार १८:०७

सुर्खेत । प्रदेश नम्बर ६ को ऐतिहासिक पहिलो संसद बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । वीरेन्द्रनगरका क्षेत्रीय सिँचाई डिभिजनको हलमा आइतबार बस्ने पहिलो बैठकका लागि आवश्यक तयारी शनिवार पूरा भएको हो ।

सभाहलमा बैठक बसाल्नका लागि भौतिक र प्राविधिक रुपमा सवै काम सम्पन्न भएको प्रदेश ६ का संसद सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

संसद बैठकमा प्रदेश ६ का ४० जना सांसद सहभागी हुनेछन् ।  उनले आईतबार दिउसो १ बजे बस्ने संसद बैठकका लागि सवै सांसदहरुलाई खवर गरिएको र निर्धारित समयमै बैठक बस्ने बताए ।

खड्का अनुसार प्रदेश सांसद, अन्य अथितीहरूका लागि छुट्टै बस्ने कक्ष ताेकिएकाे छ । संसद वैठककै लागि इनिस्पेक्टरकाे कमाण्डमा १० महिला र ३० पुरूष गरी ४० जना मर्यादापलक शनिवार नै खटिएका छन् ।

सुर्खेत बाहिर रहेका अधिकाँश सांसदहरु बैठकमा सहभागी हुन शनिवार साँझ नै वीरेन्द्रनगर आइपुगेका छन् । केही भोली विहानसम्म आइपुग्ने जानकारी समेत आएको संसद सचिवालयले जनाएको छ ।

संसद बैठकले मुख्यगरी संसद वैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वाक्ताहरुको विषयमा कार्यसूचि तयार यस अघि नै संसद संचिवालयले पारिसकेको थियो ।

पहिलो बैठकले सभामुख चयन गर्ने मिति तोक्ने छ । संचिवालयका अनुसार माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव कार्यसूचिमा छ ।