☰ open Loading... 19 April 2024|  

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)
  | २१ माघ २०७४, आईतवार १९:४३

नन्दबहादुर रोकाया, मुगु ।

नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरीन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनी धनी छ । हरेकको नजरमा रारा छ , रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा पुग्छन ।

रारा पुग्दैमा सबै मनोरमदृश्य देख्न पाईदैन त्यसका लागी ४५ मिनेटको उकालो चढी मुर्माटपमा जाउँ , राराको मनोरमदृश्य संगै कान्जिरोवा हिमाल,सिस्ने सैपाल हिमाल लगायत प्रदेश नम्बर ६ र ७ का मनोरमदृश्य मज्जालेनै नियाल्न पाईन्छ ।

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ ।

काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गर्नु भयो । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल ।

 

२०६९ साल पौष १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भयो । रारा आउने प्रर्यटक रारा सम्मको लक्ष्य लिईएर मात्र आउने गर्दछन । रारा आई सकेका पर्यटकले एक पटक रारा संग रमाउन मुमाटर्प जानै पर्ने र राराको चित्रण गर्न सकिन्छ ।