☰ open Loading... 3 May 2024|  

च्याउ खेतीबाट मनग्य आम्दानी
  | २२ माघ २०७४, सोमबार १६:४९

पार्वती वस्नेत, दाङ ।

बैक्लपिक उर्जामा जागिरे रुकुम निवासी सिजाराम बाढामगरलाई सधै एउटा कुराले सताउने गरेको थियो,त्यो थियो कहिले सम्म अरुले अर्डर मारेको सहनु,आफुले पनि अरुलाई रोजगारी दिने काम गर्न पाए हुने भन्ने कुराले सधै मनभित्रैवाट कुत्कुताउथ्यो रे,आजभोलि सिजाराम बाढामगरको त्यो कुत्कुताई विपनामा परिणत भएको छ किनकी अहिले सिजाराम बाठामगरले सिस्ने कृषि उत्पादन तथा अनुसन्धान प्रा.लि.को शुरुवात गरेर दाङमा नै अहिले ७ जना कर्मचारीहरुलाई काम दिनुभएको छ ।

गतसाल भदौको महिनावाट दाङमा पनि कृषि फार्म हाउसको शुरुवात गर्नुभएको बाढामगरले कन्या तथा पाते किसिमको च्याउ उत्पादन गर्दै आउनुभएको छ । घोराही उपमहानगरपालिका वार्ड नम्बर १७ गैरागाउमा डेढ बिगाहा जमिन लिजमा(भाडामा) लियर ४०टर्नेलमा उत्पादन शुरु गर्नुभएको बाढामगरको फार्म हाउसमा एकैदिनमा ३सय देखी ५सय केजि सम्म च्याउ उत्पादन हुने गर्दछ । आफुले उत्पादन गरेको च्याउलाई दाङको बजार लगायत बुटवल,नेपालगंज,नारायणगढ देखि हेटौडा सम्म पठाउने गरेको बताए ।

रुकुम बाफिकोट घर भएका बाढामगरलाई पढाईको शिलशिलामा काठमाडौ जानुपर्ने भयो स्नातक तहको पढाई सक्किन थाल्दै गर्दा मगर बैकल्पीक उर्जाको काममा लाग्नुभयो तर उहाँलाई आफुले गर्ने कामले चित्त बुझेन किनकी हाम्रो देश कृषिप्रधान भएतापनि अधिकांश युवा बिदेश पलायन हुनु र कृषि जमिन प्लटीङमा धमाधम बिक्री हुनुले पनि उहाँको मन खिन्न बनाउने गथ्र्यो रे,तर बैकल्पीक उर्जाको जागिरेमा डुल्दा काठमाडौको खाल्डोमा पनि विभिन्न टर्नेलमा धमाधम उत्पान गरेका तरकारीहरु देखेर पनि यसैमा केहि गर्न सकिन्छ कि भन्ने प्रेरणाले वि.स.२०६८सालमा पहिलोपटक जम्मा २लाख लगानीमा सामान्य तालिम लियर काठमाडौमै जग्गा भाडामा लियर च्याउ खेतिको ब्यावसायिक तरिकाले थालनि गर्नुभएका बाढामगरका लागी त्यो नै आफनो पहिलो ब्यावसायिक कृषि पेशाको शुरुवात थियो ।

्कारठमाडौमा शुरुवात गरेको आफनो ब्यावसायिक कृषि पेशा पछि गयर हेटौडा,नारायणगढ सम्म पुग्यो त्यसै समय नारायणगढ बाट दाङमा च्याउ पठाउनुपर्ने हुदा दाङमा पनि च्याउको स्कोप छ भन्ने उद्धेष्यले नै गतवर्ष देखि आफनो ब्यक्तिगत लगानीमा दाङमा च्याउ खेतिको थालनि गर्नुभएको बाढामगरले बताए ।

समाजशास्त्र विषयमा स्नातोकोत्तर तह सम्मको पढाई पुरा गर्नुभएका बाढामगरले कृषि क्षेत्रकै अध्ययन गर्नका लागी थाईल्याण्ड,चिन,सिंगापुर लगायतका देश घुमिसकेको बताए । त्यत्तिमात्र होईन बाढामगरलाई बैदेशिक रोजगारीका लागी,पैसा सापटी दिने आफन्त,छरछिमेक देखी पनि बितृष्णा जागेर आउछ रे,किनकी हाम्रो देशको अधिकांश जनशक्ति विदेशिएकोमा देश मरुभुमि हुनथालेको प्रति चिन्ता ब्यक्त गर्नुभयो त्यत्तिमात्र होईन बाढामगरले बिदेशिने युवाहरुलाई नै प्रतिपश्न गर्नुभएको छ । किनकी यहाँ हामीले आफनो देशको नागरिकता हुदा,सगौरब छाति ठोकेर हिड्न सक्ने बाताबरण हुदापनि हामीले केहि गर्नै सक्दैनौ भने बिदेशमा गयर के काम गर्न सक्छौ ?

्कररिब एकदेखी डेढलाखको रकमबाट नै सानो भएपनि अर्गान्यायिक तरकारी खेतिको थालनि गर्न सकिने बताउनुभएका बाढामगरले सरकारले पनि निश्चित पकेट एरिया छुटट्यार काम गर्न नसक्नु तथा बजार प्रबद्र्धनका लागी पनि सहजिकरण नगर्ने जस्ता समस्याले ब्यावसायी पलायन हुने अवस्थाको सिर्जना भएको बताए ।