☰ open Loading... 1 May 2024|  

कालिकोटका महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्यामा बुद्धि
  | २५ माघ २०७४, बिहीबार १२:१९

कालिकोट । महिलाको चेतनाको स्तर बढेसंगै हरेक क्षेत्रमा महीलाले आफ्नो अधिकार स्थापित गर्न थालेका छन् । पछिल्लो समय कालीकोट जिल्लामा भौतीक सम्पती ९घर जग्गा० महिलाको नाममा गर्नेको संख्यामा बृद्धि भएको छ ।

हालसम्म कालीकोट जिल्लामा चालु आर्थीक बर्षमा मात्रै महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एक हजार आठ सय पचपन्न पुगेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख भक्तीप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार पहिले कालीकोट जिल्लामा महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एकदम कम रहेको र हाल आएर शिक्षाको स्तरबृद्धि र चेतनाकोस्तर बृद्धिसंगै महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या बढेको छ । उता खाँडाचक्र नगरपालिकामा मात्रै महिलाका नाममा घरजग्गा नामसारी गर्नेको संख्या छ सय नाघेको पाण्डेले बताए ।

एकअर्कामा बिश्वास र सुमधुर सम्बन्ध स्थापित गर्न र सम्पतिमा पनि महिलाको समान अधिकार स्थापित गर्नको लागि श्रीमतीको नाममा घरजग्गा नामसारी गर्ने गरेको खाँडाचक्र नगरपालिका निवासी दिपबहादुर शाही बताए ।

जनता समाचार