☰ open Loading... 18 April 2024|  

आचार्य हत्या अभियोगमा ३ जना पक्राउ
  | २५ माघ २०७४, बिहीबार १२:२२

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनीका १७ वर्षीय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीलेबुधबार सार्वजनिक गरेको छ ।

हत्या अभियोगमा बर्दियाकै ठाकुरबाबा २ बस्ने २२ वर्षीय रमेश राजबंशी, त्यही ठाउँका १७ वर्षीय हरिनारायण दहित र कैलालीको जानकी गाउँपालिका ६ बस्ने २० वर्षीय विकाश चौधरी छन् ।

माघ १५ गते वविवाह भोज भएको स्थान नजिकको बारीमा आचार्यको हत्या भएको थियो ।

विवाह भोजमा आएका चारै जना मदिरा पिएका कारण आपसी विवाद गरी मुक्का र चिरपट प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।