दैलेख । अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सब स्थल काँडाचौरमा फ्रि–वाइफाईको सुविधा दिइने भएको छ । यहि माघ २९ गते सोमवारबाट सुरु हुने साँस्कृतिक महोत्सबमा आउने दर्शकहरुको सुविधाको लागि फ्रि–वाइफाईको व्यवस्था गरिएको महोत्सब संयोजक गोविन्द केसीले जानकारी दिएका हुन्् ।
उनका अनुसार महोत्सब स्थलको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने भएको छ । व्यापापिक प्रयोजनका लागि राखिएको स्टल, मञ्च तथा बाहिरी भागको सुरक्षाको लागि सिसि क्यामेरा जडानको अन्तिम तयारी भैरहेको महोत्सव आयोजकले जानकारी दिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माद्धारा उद्घाटन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सवमुल समाहरोह समितिले जानकारी दिएको छ । पर्यटन, स्थानीय कलासँस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सवमुल समाहरोह समितिका संयोजक केसी जानकारी दिए ।
महोत्सबमा राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुती रहने आर्थीक तथाकलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनकाअनुसार चर्चित गायीका अञ्जु पन्त, बद्रीपंगेनी, केदार घिमिरे ( माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर, देवेन्द्र बस्नेत लगायतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने अनुरागले बताए ।
अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिकलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीयब्यपारिका लागि मात्र स्टल उपलब्ध गराएको आयोजकले जनाएको छ ।जिल्लाभित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो ।
माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । ८ दिनसम्म सञ्चालनहुने महोत्सवमा १ सय स्टल रहने र १२ लाखदर्शकहरुले अवलोकन अनुमानगरिएको छ । महोत्सवमाजिल्लाका ११ वटा स्थानीयतहकाकला संस्कृतीझल्कने झाँकीतथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।