☰ open Loading... 26 April 2024|  

प्रधानमन्त्रीद्धारा नव निर्मित भवनको उद्घाटन
  | २८ माघ २०७४, आईतवार १९:३९

कर्णालीमा ३ सय शैयाको अस्पताल अब पश्चिम नेपालका जनता स्वास्थ्य सेवाको पहु्ँचमा

सागर परियार, जुम्ला  । 

पश्चिम नेपालकै ठूलो गौरबको आयोजनाका रूपमा रहेको ३ सय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ । ३ वर्षको अबधिमा निर्माण कार्य शतप्रतिशत सम्पन्न गरी हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न ३ सय शैया अस्पतालको गेटमा रिवन काटी उद्घाटन गरे । उद्घाटन संगै प्रधानमन्त्रीले १ सय शैया अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण पनि गरे ।

निमार्ण सम्झौता भएको ३ महिना अगावै सकिएपछि फागुन १५ मा गर्ने भनिएको उद्घाटन अभि सरेको हो । अस्पताल उद्घाटनका लागि जुम्ला पुगेका प्रधानमन्त्रीले देउवाले, कर्णालीमा ३ सय शैयाको अस्पताल बन्नु पश्चिम नेपालका जनता स्वास्थ्य सेवाको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे । कर्णालीमा मात्र नभई ३ सय शैयाको भवन राष्ट्यि स्तरको एक संस्था हुन सफल भएको उनको भनाई छ । प्रतिष्ठानमा आवश्यक सहयोगका लागि जो सुकै सरकार तयार रहेको र हुनुपर्ने उनले बताए । स्वास्थ्य मन्त्री दिपक बोहोराले कर्णाली क्षेत्र स्वास्थ्यका सबालमा अब निर्भता भएको दाबी गरे ।

७६ करोडमा बन्यो अस्पताल 

जम्मा जम्मी ७६ करोडको लागतमा ३ सय शैयाको अस्पताल निमार्ण सम्पन्न भएको हो । जुम्लामा रहेको करोडौका अन्य आयोजनाहरुलाई चुनौती दिदै रसुवा कन्स्ट्रक्सन कम्पनी निमार्ण कार्य सम्पन्न गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । जम्मा ९१ करोडको लागत स्टिमेट थियो ।

प्रतिष्ठानका रजिष्टर काफ्लले थपे, ठेक्का प्रक्रियामा रसुवा कन्स्ट्रक्सन निर्माण कम्पनीले सबै भन्दा कम ७६ करोड ठेक्का हाले पछि उसैले काम पायो र सम्झौता भएको ३ महिना अघिनै काम सम्पन्न गराई हस्तान्तरण गरेको बताए । जुम्लाको सन्र्दभमा अन्य करोडका आयोजनाको तुलनामा अस्पतालको निर्माण कार्य अति छिटो पार्दशि भएको प्रतिष्ठानले जनाएको छ ।

“एक टाटा सिटामोल र एक पुरिया जीवन जोल नपाएर ज्यान गुमाउनु पर्ने स्थिति अब नरहने कर्णाली बासीको आशा ”

स्तरीय सेवा पाउने भन्दै कर्णाली बासी उत्साहित ः

पश्चिम नेपालकै ठुलो अस्पताल कर्णालीको जुम्लामा बनेपछि अब स्तरीय सेवा सर्वसुलभ रुपमा छिठो छरितो पाईने भन्दै कर्णाली बासी उत्साहित भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउदाँ अकालमै मरेका दिनहरु सम्झदै अब कर्णालीमा नै ठुल्ठुला समस्याको समधान हुने भन्दै उत्साहित भएका हुन् ।

एक टाटा सिटामोल र एक पुरिया जीवन जोल नपाएर ज्यान गुमाउनु पर्ने विगतको स्थिति अब नरहने कर्णाली बासीको अपेक्षा गरेका छन् । पहिला आफ्नी श्रीमती गर्भवती हुदाँ उपचार नपाएर अकालमै मरिन जीवनको तितो यर्थात सुनाउदै तातोपानी गाउँपालिका २ का निलो कामीले भने, अब दिदि बहिनीहरुले त्यस्ता कुनै स्वास्थ्य समस्या भोग्नु नपर्ने भयो भन्दै खुशी व्यक्त गरे ।

६ नम्बर प्रदेशकै ठुलो अस्पातल जुम्लामा बनेपछि स्वास्थ्य सेवाबाट कोही पनि विमुख नहुने भन्दै सबैको ओठमा भविष्यको खुशी देखिएको छ ।

आवश्यक उपकरणको समस्या यथावतै

हिमाली जिल्ला जुम्लामा २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरण नहुँदा उपचारमा तत्कालिन अवस्थामा निकै चुनौति देखिएको छ । प्रतिष्ठानमा सिटीस्क्यान, आसियु, एमआरआई लगायतका मेसिन नहुँदा उपचारमा समस्या विगत देखि छ ।

आईतबार उद्घाटन गरी सोमबार सेवा पाईन्छ भने आशा गरेका नागरिकहरुले ३ सय शैयाको अस्पताल भित्रको व्यवस्थापन गर्न अझै एक वर्ष लाग्छ भन्ने बुझेका छैनन् । निमार्ण सम्पन्न भई प्रतिष्ठानलाई हस्तान्तरण गरिएपनि अत्याधुनिक उपकरण जडान भने गरिएको छैन् । यस भन्दा आवश्यक उपकरण नभएकै कारण कतिको अकालमै ज्यान गएको छ । भने, उपकरण बिना हाडजोर्नी, अप्रेशन, सिटिस्क्यान जस्ता कार्य गर्न नसकिने विषेशज्ञ डा. देउमान लिम्बुले स्विकारे ।

सिटिस्क्यान र आइसियु मेसिन खरिद गर्नको लागि झण्डै ३ करोड रुपियाँ आवश्यक पर्छ । अस्पतालको लगानीमा खरिद गर्न सक्ने अबस्था छैन् । चाडै आपुर्तिका लागि सरकारसँग माग गरिएको प्रतिष्ठानले जनाएको छ ।

स्तरीय सेवा प्रवाहका लागि प्रयासरत प्रतिष्ठान 

कर्णालीमा पश्चिम नेपालकै ठुलो अस्पताल बन्यो हाम्रो अबसर हो । प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले भने, त्यतिकै स्तरीय सेवा दिन तथा व्यवस्थापन गर्न चुनौति छ । ३ सय शैया अस्पताल आफैमा संचालन हुदै उनले थपे त्यसका लागि आवश्यक उपकरण तयारी अबस्था हुन जरुरी छ ।

जो जुटाउने प्रयासमा प्रतिष्ठान लागि परेको उनको भनाई छ । उद्घाटन पछि नागरिक सेवा लिन आउदा जसरी पनि दिनु पर्ने भन्दै थप आवश्यक उपकरण व्यवस्थापनका लागि पहल भईरहेको बताए । कर्णाली देखि पश्चिम नेपालका जनताको स्वास्थ्य अनुसन्धान प्रतिष्ठानले गर्ने छ ।

अहिले अस्पतलामा नभएको सिटिस्क्यान, अप्रयाप्त एक्सरे मेसिन, लगायतको व्यवस्थापनका लागि दातृनिकाय देखि सरकार संग गुहार मागी रहेका छौँ । उक्त प्रतिष्ठान पश्चिम नेपालको चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो ।

यस अघि पनि प्रतिष्ठानले १०० शैय्याको अस्पताल, २५ जना विशेषज्ञ डाक्टरसहित १ सय ५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ ।

प्रतिष्ठानका रजिष्टार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९ सय ३४ जना बिरामीले सेवा लिएका मध्ये २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया भएको बताए । त्यसैगरी, विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा शुरु, स्टाफ नर्स चौँथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले बताए ।

उनले भने ‘ऐनले व्यवस्था गरे बमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् ।

अझै एमविबिएस संचालन गर्ने, आफ्नै फार्मेसी खोल्ने, ब्लड बैंक स्थापना गर्ने, अक्सिजन प्लान्ट राख्ने लगायतका महत्व पुर्ण काम हुने अबको एक महिना भित्र भईसक्ने प्रतिष्ठानका उपकुलपति वाग्लले बताए । सिटी स्क्यान मेसिन, एक्सरे मेसिन र प्रयोगशला विस्तारका लागि पनि पहल भएको उनको भनाई छ । एमडिजीपि कार्यक्रम संचालन गरी स्तरीय सेवा पनि जोड दिईने छ । भने, नयाँ भवनमा १ सय ५० किलोवाट क्षमताको सौर्य उर्जा जडान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा अनुसन्धान

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान समेत गरिरहेको छ । प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरेको हो । प्रतिष्ठानका उपकुलपति वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै र स्वास्थ्य अनुसन्धान अघि बढाएको बताए ।

साविकको कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोट जिल्लामा सर्वे सम्पन्न भइसकेको छ, अब प्रतिष्ठानको कार्य क्षेत्र अन्तर्गत प्रदेश नम्बर ६ भित्र पर्ने नौँ जिल्लामा स्वास्थ्य सर्वेक्षण प्रतिष्ठान जुम्लाले गर्ने छ । प्रत्येक ३÷३ महिनामा जाजरकोट, कालिकोट मुगु, हुम्ला र डोल्पामा विशेषज्ञ सेवा दिने गरिएको छ भने, सुर्खेतमा पनि विशेषज्ञ टोली खटाइएको छ । प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्याङ्क लिएर तथ्यांक अनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रतिष्ठानले बताएको छ । प्रत्येक जिल्लामा गरिएको विशेषज्ञ सेवाले गर्दा प्रतिष्ठान प्रति सबैको विश्वास बढ्दै गएको छ ।

उपलब्धिमूलक सिनेट बैठक

प्रधानमन्त्री अध्यक्षता रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक हुँदै गएका छन् । दुई वर्षसम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहु–सरोकारको स्थानीयवासीले निःशुल्क दिएको १ हजार ५ सय रोपनी जग्गा पास गराउन पहल गर्ने निर्णय भएको छ । राप्ती जिल्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न पहिलो सिनेट बैठकले जुम्ला प्रतिष्ठानका लागि निकै महत्वपुर्ण निर्णयहरु गरेको डाईरेक्टर धर्मराज गोसाईले बताए ।

त्यसैगरी, स्वास्थ्य शिक्षाको ब्याचलर अफ मिडवाफ्री सञ्चालन गर्ने, ६ नं प्रदेशमा विशेषज्ञ सेवा शुरु गर्ने, महत्वपूर्ण बहिरंग विभाग सञ्चालन गर्नेजस्ता महत्त्वपूर्ण निर्णय भएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, प्रतिष्ठानले नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने भएको छ ।

प्रतिष्ठानको पहिलो गासमै ढुंगा

पहिलो गासमै ढुंगा भनेझै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रगति गर्दै गरेको अवस्थामा ओपिडि कक्ष पूरै ध्वस्त हुने गरी आगजनी गराइयो । प्रतिष्ठानमा ०७२ पुस ३ गते राती २ बजे अज्ञात समुहद्धारा आगजनी गरिएको थियो । आगलागीबाट प्रतिष्ठानले करोडौं क्षति व्यहोर्नुपर्यो । प्रतिष्ठानको आगजनीका विषयमा केन्द्रीय अनुसन्धन व्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रतिष्ठानको प्रयोगशाला, एक्सरे, अल्ट्रा साउण्ड, डेण्टल, फार्मेसी, इण्डोस्कोपीसहित महत्त्वपूर्ण उपकरण र अन्तरंग विभाग नै पूर्णरूपले ध्वस्त भएको थियो । प्रतिष्ठानमा आगजनी किन र कसले गरेको हो भन्ने विषयमा केन्द्रीय अनुसन्धन व्यूरो (सिआईबी) ले अनुसन्धान गरेपनि हालसम्म दोषी पत्ता लगाएर कारवाही हुन सकेको छैन ।

आईतबार औपचारिक रुपमा प्रधानमन्त्री द्धारा उद्घाटन भएको अस्पतालले कर्णालीका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा कति ल्याउन्छ त्यो हेर्न बाँकी छ । उद्घाटन भएपनि सेवा प्रभाव भने पुरानै भवनबाट भईरहेको छ । नयाँ ३ सय शैया भवन निमार्णका क्रममा एकजना कामदारको मुत्यु समेत भएको थियो ।