☰ open Loading... 19 May 2024|  

भाइरल ज्वरोले एकै विद्यालयका १३५ जना बिरामी
  | २८ माघ २०७४, आईतवार १९:४९

टेकराज केसी, दैलेख  ।  

दैलेख गुराँस गाउँपालिका वडा नम्बर ३ पुलियामा रहेको दुर्गादेवी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भाइरल ज्वरोका कारण विरामी परेका छन् ।

मौसममा आएको परिवर्तनले उनिहरु विरामी परेका चिकित्सकहरुले बताएका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, तथा वाकवाकी लाग्ने समस्या देखिएपछि विद्यालयमै स्वास्थ्य शिविर संचालन गरि उपचार गरिएको थियो । माघको २२ देखि केहि विद्यार्थीहरुमा प्रकोप देखा परेको थियो, विद्यालयमा कार्यरत एक शिक्षकले भने । त्यसपछि ज्वरोको समस्या सबै विद्याथीरुमा देखिन थालेको उनले बताए ।

उनका अनुसार विद्यालयमा अध्ययनरत सबै १३३ जनामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएको थियो । भने दुइजना शिक्षकहरुमा पनि यो समस्या देखिएको छ । विद्यालयभर नै भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालयको पठनपाठन नै प्रभावित भएको जनाइएको छ ।

खानपिनको समस्या तथा मौसममा आएको परिवर्तनका कारण यस्तो सस्या देखा परेको डाक्टरहरुले बताएका छन् । उनिहरुका अनुसार यो समयमा अलिक ध्यान दिन सकिएन भने यसको प्रकोप बढ्न सक्छ ।

विद्यालयमै एकदिने स्वास्थ्य शिविर संचालन  

दुर्गादेवी माध्यामिक विद्यालयमा भाइरल ज्वरो फैलिएपछि स्वास्थ्य शिविर संचालन गरी उपचार गरिएको छ । गुराँस गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा विद्यालयमै स्वास्थ्य शिविर संचालन गरि उपचार गरिएको हो । विद्यालयमा भाइरल ज्वरोका विद्यार्थीहरु बढेको जानकारी आफुहरुले पाए लगत्तै त्यस ठाउँमा गएर शिविर संचालन गरी उपचार गरीएको स्वास्थ्य शाखा प्रमुख निर भण्डारीले गुराँस आवाजलाई जानकारी दिए ।

उनले विरामीहरुलाई सक्दो खानपिनमा ध्यान दिन आग्रह गरेको बताए । उनले भने ‘त्यस विद्यालयमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि एकदिने स्वास्थ्य शिविर संचालन ग¥यौ, र अहिले अवस्था ठिक छ, खानपिनमा ध्यान दिन आग्रह गरेका छौ ।’
शिविरमा १३५ जनाले उपचार गरेको उनले बताए ।

बिरामीहरुमा भाइरल ज्वरोको प्रको घटेको छः चिकित्सक 

एकदिने शिविर संचालन गरी उपचारपछि विरामीहरुको संख्या कम भएको चिकित्सकहरुले बताएका छन् । उनिहरुका अनुसार अहिले सबै विद्यार्थीहरु निको नभएपनि आधा विरामीहरु निको भएको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार बिरामीहरुमा अहिले अवस्था ठिक भएको छ । उनले भने ‘अहिले बिरामीहरु निको हुदै गएका छन्, केहि दिनमा सबैलाई निको हुन्छ, यदी बिरामीहरु बढेको खण्डमा सचेत हुन उक्त वडामा कार्यरत डाक्टरहरुलाई निर्देशन दिएका छौ ।’
उनले अब समय परिवर्तन हुने अवस्थामा रहेको भन्दै यो समयमा खानपिनमा ध्यान दिन आग्रह गरे । यो समयमा ज्वरोको मात्र प्रकोप नभएर झाडापखाला तथा अन्य सरुवा रोगको सम्भावना धेरै हुने भन्दै सचेत हुन सबैलाई आग्रह समेत गरे ।

उनले भने ‘अब गर्मी शुरु हुन थालेको छ, यो समयमा विभिन्न प्रकोप देखिन सक्ने भएकाले खानपान तथा सरसफाईमा ध्यान दिन जरुरी छ ।