दैलेख । अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सब आज उद्घाटन हुँदैछ । दैलेखको काँडाचौरमा केही बेरमा दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद रविन्द्रराज शर्माले महोत्सवको उद्घाटन गर्दैछन् ।
स्थानीय कला साँस्कृति झल्कने झाँकीसहितकाे र्यालीले बजार परिक्रमा गरेर काँडेचाैर महाेत्सवमा स्थलमा पुगेपछि महाेत्सवकाे उद्घाटन हुनेछ ।
पर्यटन, स्थानीय कलासँस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सवमुल समाहरोह समितिका संयोजक गोविन्द केसी जानकारी दिए ।
महोत्सबमा राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुती रहने आर्थीक तथाकलाकार संयोजक अविशेक अनुरागले बताए । उनकाअनुसार चर्चित गायीका अञ्जु पन्त, बद्रीपंगेनी, केदार घिमिरे ( माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर, देवेन्द्र बस्नेत लगायतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने अनुरागले बताए ।
अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिकलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीयब्यपारिका लागि मात्र स्टल उपलब्ध गराएको आयोजकले जनाएको छ ।
जिल्लाभित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो ।
महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । ८ दिनसम्म सञ्चालनहुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकीतथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने केसीको भनाई छ ।