☰ open Loading... 19 April 2024|  

प्रदेश ६ : उपसभामुखमा घर्ती निर्विराेध
  | ४ फाल्गुन २०७४, शुक्रबार १८:३६

सुर्खेत । प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्बिरोध चयन भएकी छन् । वाम गठबन्धनको भागबण्डामा माओवादीको भागमा परेको उपसभामुखमा माओवादीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।


उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी छन् । उपसभामुखका लागि माओवादीबाट आकांक्षा देखाएकी कृष्णा शाहले पनि समर्थन गरेपछि पुष्पा सर्बसम्मत बनेकी हुन् । सुर्खेतबाट समानुपातिक सांसद बनेकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा छन् ।