☰ open Loading... 2 May 2024|  

६ प्रदेश आईडलको अडिसन शुरू
  | ४ फाल्गुन २०७४, शुक्रबार १८:४७

सुर्खेत । प्रदेश नम्बर ६ को कला र संस्कृतिको जगेर्नाका लागि हुन लागेको ६ प्रदेश आईडलको अडिसन शुरू भएकाे  छ । पहिलाे अडिसनमा सुर्खेतका ७० जना नव कलाकारहरुले भाग लिएकाे सिंगाराे म्युजिक प्रा.लि.का निर्देशक विशाल ढकालले जानकारी दिएका छन् ।

यस प्रदेशका १० जिल्लाबाट ६ प्रदेश आईडल छान्ने तयारीमा रहेको बताएका ढकालले भाेली (शनिबार) देखी फागुन ९ गतेसम्म सबै जिल्लाबाट अडिसन लिईसक्ने जानकारी दिए । अडिसनका लागि सवै तयारी पूरा भएकाे उनले बताए ।

अडिसनबाट छनाैट भएका प्रतियाेगीहरू अागामी चैत्र ३० गते हुने फाइनल प्रतियाेगितामा प्रतिस्पर्धाका लागि सहभागी हुनेछन् ।  अडिसनका लागी करिब २० लाख बराबरको रकम खर्च हुने फिल्ड संयोजक खगेन्द्र सुनारले जानकारी दिएका छन् ।

६ प्रदेश आईडलमा प्रथम हुनेलाई पुरस्कार राशि रु ३ लाख, द्धितिय हुनेलाई रु २ लाख र तृतिय हुनेलाई रु १ लाख ५० हजार दिईने आयोजक संस्थाले जानकारी दिएको छ ।