☰ open Loading... 24 February 2025|  

सिमली छाँयामा छमछमी…
  | ४ फाल्गुन २०७४, शुक्रबार १९:०२

दाङ । दाङमा जारी व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनीकाे दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेहरुको वाक्लो उपस्थिती रह्याे । महोत्सवमा जनवादी गायक जिवन शर्माले सिमली छाँयामा वसी भरीया लामो सास फेरेर, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा वोलको गीत गाउदा दर्शकहरुलाइ निकै भावुक समेत वनाएको थियो ।

शुक्रबार कलाकारहरु चन्द्र शर्मा, रिता केसी , सालीकराम चौधरी राधीका हमाल देवेन्द्र वस्नेत, पिताम्वर शर्मा देवि भण्डारी लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए ।

महोत्सव अवधीमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन, योग शिवीर, स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम, यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने साँस्कृतिक नृत्य तथा झाँकीहरु राखिएकाे छ ।

महाेत्सव स्थलमा २१९ स्टलहरु राखीएको छ । महोत्वमा ५ लाख दर्शकलाइ अवलोकन गराउने र करिव २० करोड वरावरको आर्थीक कारोवार हुने महोत्सव मुल आयोजक समितिका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिए ।