सुर्खेत ।
औद्योगिक क्षेत्र स्थापनाको ३६ वर्षसम्म पनि खुल्न सकेनन् ठूला र मझौला उद्योग
खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुका लागि परनिर्भर प्रदेश ६ मा औद्योगिक उत्पादनको अवस्था पनि दयनीय छ । अस्थायी राजधानी सुर्खेतमा ३६ वर्षअघि नै औद्योगिक क्षेत्र स्थापना भए पनि उद्योगको अवस्था निराशाजनक छ ।
ठूला र मझौला उद्योग त स्थापना पनि भएका छैनन्, साना उद्योगले समेत राम्रोसँग उत्पादन गरिरहेका छैनन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख किशोरकुमार पाण्डेले भने, ‘प्रदेश ६ लाई पुग्ने उत्पादन गर्न सक्ने र यहाँको माग परिपूर्ति गर्न सक्ने उद्योग नै छैनन् भन्दा पनि हुन्छ ।’
साना उद्योग मात्रै सञ्चालनमा
वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र २९ उद्योग स्थापना भए पनि २२ मात्रै सञ्चालनमा छन् । यी पनि सानो लगानीका उद्योग भएको कार्यालय प्रमुख पाण्डेले बताए । दुई उद्योग सञ्चालन गर्न नसकेर बन्द भएका छन् भने पाँचवटा निर्माणको क्रममै छन् । उनले स्थानीय उत्पादनलाई लक्षित गरी साना उद्योग सञ्चालनमा रहेको बताए ।
साना उद्योगमा पनि धेरैजसो सःमिल छन्, सातवटा । व्यवस्थापन कार्यालयका अनुसार कुखुरापालन पाँच, पेय तथा खाद्यपदार्थ चार, टेक्सटायल तीन, इन्जिनियरिङ तथा सवारी वर्कसप चार, नेपाली कागज उद्योग दुई तथा प्लास्टिक, छापाखाना, भेनियर र पत्थर प्रशोधनका एक–एक उद्योग छन् ।
वीरेन्द्रनगर बजारलाई मात्रै लक्षित गरी सञ्चालनमा रहेका २२ उद्योगमा दुईजनाले रोजगारी पाएका छन् । यसमा संघीय सरकारको एक करोड र निजी क्षेत्रको पाँच करोड लगानी छ ।
औद्योगिक क्षेत्रमै जमिन अभाव
०३८ मा ९० रोपनी स्थापना गरिएको औद्योगिक क्षेत्रभित्र अहिले नयाँ उद्योग स्थापना गर्नका लागि जमिन छैन । साना उद्योगकै लागि ६७ रोपनी जमिन भाडामा दिइएको छ । औद्योगिक क्षेत्रभित्र रहेको जमिन सकिएको बताउँदै कार्यालय प्रमुख पाण्डेले भने, ‘अब साना उद्योग स्थापना गर्नका लागि जमिन छैन ।’
दुई उद्योग थपिँदै
औद्योगिक क्षेत्रभित्रका उद्योग बन्द हुँदै गएको भए पनि बाहिर भने साना उद्योग खुल्ने क्रममा जारी छ । भर्खरै मध्यपश्चिम वाटर प्रालि र शुभप्रभात बेभरेज प्रालि सञ्चालनमा आएका छन् । त्यस्तै १० करोडे लगानीमा कर्णाली कोल्ड चेन लजिस्टिक प्रालि र पाँच करोड लगानीमा सुर्खेत डेरी उद्योग निर्माणाधीन अवस्थामा छन् ।
कर्णालीमा उत्पादन भएका कृषिजन्य बस्तुका लागि कोल्ड चेन लजिस्टिक स्थापना गर्न लागिएको उद्योगका सेयर सदस्य प्रकाश अधिकारीले बताए । उनका अनुसार कर्णाली क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु भण्डारण र बजारीकरण गरिनेछ ।
विकल्प खोज्न सुझाब
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा जमिन अभाव भएपछि विकल्प खोज्नुपर्ने व्यवसायीहरूले बताएका छन् । प्रदेश सरकारको प्राथमिकतामा उद्योग क्षेत्र राखिनुपर्ने उनीहरूको भनाइ छ । जमिन अभावले नयाँ उद्योग थपिन नसकेको बताउँदै व्यवस्थापन कार्यालय प्रमुख पाण्डेले पनि विकल्प खोज्नुपर्ने बताए ।
उनले भने, ‘यसको विस्तार तथा अन्य ठाउँमा औद्योगिक क्षेत्र बनाउन आवश्यक भइसकेको छ ।’ सुर्खेतकै साटाखानीमा औद्योगिक क्षेत्र स्थापनका लागि अध्ययन गरिएको थियो । तर, प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
किन खुलेनन् ठूला उद्योग
वीरेन्द्रनगरसँगै स्थापना भएका अन्य क्षेत्रमा ठूलो उद्योग सञ्चालनमा छन् । यहाँ भने साना उद्योग पनि बन्द भएका छन् । वीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘यहाँ लागत बढी हुन्छ ।
उत्पादन महँगो हुँदा अन्यत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न सकिँदैन ।’ हुन पनि यहाँ जमिन मात्रै होइन, कच्चा पदार्थसमेत अभाव छ । नेपालगन्जलगायत अन्य सहरबाट कच्चा पदार्थ ल्याउँदा र बाहिर पठाउँदा ढुवानी भाडाले उत्पादन महँगो हुने गरेको उनले बताए ।
त्यस्तै सुर्खेतमा दक्ष जनशक्तिको अभाव छ । कर्णाली क्षेत्र तथा सुर्खेतकै पनि गाउँतिरबाट कामका लागि भारत जाने गर्छन् । सीमा क्षेत्रका उद्योगधन्दामा भारतीय कामदार कार्यरत रहेको तर उनीहरू सुर्खेत आउन मान्दैनन् । अध्यक्ष अधिकारीले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपाल छैन, भारतीय जनशक्ति सीमा क्षेत्रमै काम गर्छन, सुर्खेत आउँदैनन् ।’
उद्योगलाई आवश्यक पर्ने विद्युत् पनि औद्योगिक क्षेत्रमा छैन । यहाँका साना उद्योग पनि लोडसेडिङ र लो–भोल्टेजको समस्या झेल्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरण सुर्खेतले औद्योगिक क्षेत्रका लागि थप विद्युत् र फिडरको व्यवस्था गराउन नसक्दा समस्या भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेले बताए ।
औद्योगिक क्षेत्रमै जमिन अभाव
३८ मा ९० रोपनी स्थापना गरिएको औद्योगिक क्षेत्रभित्र अहिले नयाँ उद्योग स्थापना गर्नका लागि जमिन छैन । साना उद्योगकै लागि ६७ रोपनी जमिन भाडामा दिइएको छ । औद्योगिक क्षेत्रभित्र रहेको जमिन सकिएको बताउँदै कार्यालय प्रमुख पाण्डेले भने, ‘अब साना उद्योग स्थापना गर्नका लागि जमिन छैन ।’
औद्योगिक क्षेत्रभित्रका उद्योग बन्द हुँदै गएको भए पनि बाहिर भने साना उद्योग खुल्ने क्रममा जारी छ । भर्खरै मध्यपश्चिम वाटर प्रालि र शुभप्रभात बेभरेज प्रालि सञ्चालनमा आएका छन् । त्यस्तै १० करोडे लगानीमा कर्णाली कोल्ड चेन लजिस्टिक प्रालि र पाँच करोड लगानीमा सुर्खेत डेरी उद्योग निर्माणाधीन
अवस्थामा छन् ।
कर्णालीमा उत्पादन भएका कृषिजन्य बस्तुका लागि कोल्ड चेन लजिस्टिक स्थापना गर्न लागिएको उद्योगका सेयर सदस्य प्रकाश अधिकारीले बताए । उनका अनुसार कर्णाली क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु भण्डारण र बजारीकरण गरिनेछ ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा जमिन अभाव भएपछि विकल्प खोज्नुपर्ने व्यवसायीहरूले बताएका छन् । प्रदेश सरकारको प्राथमिकतामा उद्योग क्षेत्र राखिनुपर्ने उनीहरूको भनाइ छ । जमिन अभावले नयाँ उद्योग थपिन नसकेको बताउँदै व्यवस्थापन कार्यालय प्रमुख पाण्डेले पनि विकल्प खोज्नुपर्ने बताए । उनले भने, ‘यसको विस्तार तथा अन्य ठाउँमा औद्योगिक क्षेत्र बनाउन आवश्यक भइसकेको छ ।’
स्राेत ः नयाँपत्रिका