☰ open Loading... 19 April 2024|  

प्रदेश ६ का ६ वटै मन्त्रीहरूले सम्हाले पदभार
  | ६ फाल्गुन २०७४, आईतवार १९:००

सुर्खेत । प्रदेश ६ को मन्त्रीपरिषद्ले आज पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रविच मन्त्रालय भागबण्डा भएपछि ६ जना मन्त्रीहरु नियु्क्त भएका हुन् ।

ययअघि मुख्यमन्त्री पाएको माओवादीले आफ्नो भागमा परेका दुई जना मन्त्रीलाई सरकारमा पठाएको छ । माओवादीबाट नरेश भण्डारी र विमला केसी मन्त्री भएकी छन् ।

जुम्लाबाट निर्वाचित भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र केशीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्नेका छन् ।

एमालेले आफ्नो भागमा परेका चार ओटा मन्त्रालयका लागि मन्त्रीहरु छनौट गरेको हो । जस अन्तरगत प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय, खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका छन् ।

मन्त्रीहरुलाई प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । सवै मन्त्रीहरुले शनिवार साँझ नै मन्त्रालयमा पदभार गरेका छन् ।