☰ open Loading... 2 May 2024|  

प्रदेश ६ को मन्त्रीपरिषद् विस्तार, आजै शपथ
  | ६ फाल्गुन २०७४, आईतवार १४:४४

सुर्खेत । प्रदेश ६ को मन्त्रीपरिषद्ले आज पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रविच मन्त्रालय भागबण्डा भएपछि मन्त्रीहरुको पनि टुंगो लागेको हो ।

ययअघि मुख्यमन्त्री पाएको माओवादीले आफ्नो भागमा परेका दुई जना मन्त्रीको टुंगो लगाएको छ । माओवादीका नरेश भण्डारी र विमला केसी मन्त्रीमा सिफारिस भएका छन् । जुम्लाबाट निर्वाचित भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्रालय र केशीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन् ।

यस्तै, एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । एमालेले आफ्नो भागमा परेका चार ओटा मन्त्रालयका लागि मन्त्रीहरु छनौट गरेको हो ।

जस अन्तरगत ज्वालाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय, खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छन् । आज नै मन्त्रीहरुको शपथ कार्यक्रम तय भएको छ । दिउसो तीन बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको शपथ हुनेछ ।