☰ open Loading... 20 April 2024|  

गायन पेशा नछाड्ने काेमल अाेलीकाे उद्घाेष
  | ७ फाल्गुन २०७४, सोमबार २०:३७

पार्वती बस्नेत
दाङ । समाचारबाचिका,गायिका हुदै अहिले बिधायिका बन्न सफल बरिष्ठ लोक गायिका कोमल वलीको आगमन सँगै आज महोत्सवमा थप रौनकता छाएको थियो।

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को पाचौ दिन मञ्चमा वरिष्ठ लोक गायीका एवं राष्ट्रीय सभा सदस्य वलीले कालोकोट कालै छ टोपी,वाझो खेतमा छडके सलाम छ मायालाइ पहिलो भेटमा वोलको गीत गाउदा महोत्सवको अवलोकन गर्न आएका वालवालीका तरुन तन्नेरी र वृद्ध वृद्धाहरु समेत हौसीएर नाचे ।

दाङ जिल्ला अाैद्योग वाणिज्य संघको आयोजनामा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृर्षि प्रर्दशनी २०७४ को पाँचौ दिन वरिष्ठ लोक गायीका एवं एमालेको तर्फवाट दाङवाट रष्ट्रिय सभामा प्रतीनीधित्व गरेकी वलीले गीत गाउदा महोत्सवमा थप रौनकता छाएको थियो ।

आफनो परिचय गायिका वाट नै चिनिन सफल भएको हुदापनि आफनो यो गायन क्षेत्र पेशालाई कहिल्यैपनि नछोड्ने गायिका वलीले बताइन ।

आफु दाङको चेली हुनु र दाङको महोत्सव अर्थात ब्यापार ब्यावसायका माध्यमवाट पनि दाङलाई समृद्धिमा जोड्न र अगाडी बढाउने हिसाबले पनि आर्थिक समृद्धिको छलाङ मार्नमा सहयाेग पुग्ने विश्वास उनकाे छ ।

आफुले गर्दै आएको गायन पेशाले भएपनि जनताको सेवा गर्न र जनताको ओठमा हासो खुसी ल्याउन पाउनु आफनो लागी गर्वको विषय रहको गायिका वलीले बताइन ।