☰ open Loading... 2 May 2024|  

पश्चिम नेपालमा बन्दकाे अांशिक प्रभाव, दाङमा विप्लवका १० जना कार्यकर्ता पक्राउ
  | ८ फाल्गुन २०७४, मंगलवार १७:३८

पार्वती बस्नेत
दाङ ।
 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङसहित पश्चिम नेपालमा पनि परेको छ । दाङसहित पश्चिम नेपालका जिल्लाहरुमा बिहानैदेखी लामो रुटका सवारी साधनहरु दिनभर सञ्चालनमा आएनन् । तर छोटो दुरीका सवारी साधनहरु भने छिटपुट रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यता, दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १० कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार लगायत रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका चार जनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।