☰ open Loading... 20 April 2024|  

छुरा प्रहारबाट गम्भीर घाईते
  | ८ फाल्गुन २०७४, मंगलवार १७:४६

दाङ । छुरा प्रहारवाट दाङमा एकजना गम्भीर घाईते भएका छन् । रोल्पा निवासी,घोराही उपमहानगरपालिका वडा नम्बर १६लेटारमा बस्दै आउनुभएका १९वर्षका निरज पुन मगर छुरा प्रहार वाट घाईते भएका हुन् ।

महोत्सव स्थल नजिकै मगरलाई छुरा प्रहार गरिएको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ । छुरा प्रहार गर्ने ५ जनालाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।