☰ open Loading... 3 May 2024|  

प्रदेश स्तरिय महाेत्सवमा करिव १२ कराेडकाे काराेवार
  | ८ फाल्गुन २०७४, मंगलवार २०:४९

सुर्खेत । सुर्खेतमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मा मंगलवार सपमन्न भएको छ । १२ करोड ६८ लाख रुपैया वरावरको कारोवारसहित महाेत्सव सामपन भएको हो नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर६ को आयोजनामा माघ २६ गतेदेखि वीरेन्द्रनगरमा जारी महोत्सव मंगलवार सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ६का अध्यक्ष पदम बहादुर शाहीले मेलााम १२ करोड ६८ लाख रुपैया को कारोवार भएको वताए । महोत्सवमा भएको कारोवारको १५ दीन भित्र सार्वजनिक गरिने वताए ।

उनले यो प्रदेश समृद्धिको बलियो आधारका रूपमा जलस्रोत, उच्च मूल्य भएका कृषि उत्पादन, पर्यटन, खानी खनिज तथा जडिबुटी, स्थानीय कला संस्कृति, स्थानीय हस्तकलाका उत्पादन र व्यापार व्यवसाय प्रबद्र्धनका लागि अस्थायी राजधानीमै महोत्सव आयोजना गरिएको बताए ।

प्रदेशमा भएका सम्भावनाको खोजी गर्नका लागी तथा यस क्षेत्राम भएका पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुञ्याउन महोत्सव आयोजना गरिएको शाहीको भनाई थियो ।

निजि क्षेत्र सरकारको सहयोगी निकाय भएकाले स्थानीय सरकार र प्रदेश सरकार संग लिमेर कमा गर्न उद्योगी व्यवसायी तयार रहेको तथा अव वन्ने ऐन कानुन उद्योगी मैत्री निती हुनु पर्ने उनको नभाई थियो । निजि क्षेत्र संग सहकार्य गरेर अगाडी वढ्नका लागी प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

देश संघीय संरचना कार्यान्वयनमा आएसँगै पहिलो पटक भएको महोत्सवमा ६ नम्बर प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि मद्दत पुगेको आयोजकले जनाएको छ । माघ २६ गते वाट सुरु भएको महोत्सव महोत्सव फागुन ८ गते सम्म सञ्चालन भएको थियो ।

प्रदेश नम्बर ६ को विकास र समृद्धिका लागि पहिलो पटक सञ्चालन भएको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता समेत दिएको र बाह्य जिल्लाबाट महोत्सवमा राखिने स्टलहरु निःशुल्क राखीएका थिए ।संघका जिल्ला शाखाको नेतृत्वमा १० जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीहरूको स्टलहरू निःशुल्क प्रदर्शनीमा राखिएकोे उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ ले जनाएको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरूको बजारीकरण र उद्योग व्यापारमार्फत् प्रदेशको समृद्धिका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएकाे अध्यक्ष शाहीले बताए ।

प्रदेश तहका उत्पादनलाई आम उपभोक्तासम्म पु¥याउने र बिक्रेता र क्रेताबीचको सम्वन्ध स्थापित गर्नु महोत्सवको मुख्य ध्येय रहेको उनले बताए । स्थानीय उत्पादनबाहेक बाह्य सामग्रीको बिक्री वितरणका लागि समूहगत रूपमा शुल्क निर्धारण गरिएको छ ।

महोत्सवका दर्शकका लागि विगतका वर्ष झइ यसवर्ष पनि ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको थियो । प्रदेश भित्रका उद्योगीबीच भावनात्मक सम्बन्ध बढाउन र उच्च मूल्य भएका निकासी योग्य वस्तुहरूको विक्रिवितरण हुने भएकाले पनि महोत्सव फलदायी भएको उनको भनाइ छ ।

मध्य पश्चिम विश्व विद्यालयका उपकुलपति प्राडा उपेन्द्र कुमार कोईरालाको प्रमुख आतिथ्यता र महोत्सव आयोजक मुल समितिका संयोजक पदम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिका प्रमुख देव कुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी उद्योगी व्यवसायी, लगायतको उपस्थीती रहेको थियो । मेलामा सहयोग पुञ्याउने विभिन्न व्यक्री र सस्थालाई सम्मान समेत गरिएको थियो ।