☰ open Loading... 2 May 2024|  

प्राविधिक शिक्षा संचालन गर्न सहयोग रकम जुट्दै
  | १३ फाल्गुन २०७४, आईतवार १२:२१

सुर्खेत । शिव माध्यमिक विद्यालय विरेन्द्रनगर ११ धुलियाविटले आगामी शैक्षिक वर्षदेखि प्राविधिक शिक्षा अन्र्तगत १८ महिने पशु विज्ञान विषय संचालनका लागि सहयोग जुट्न थालेको छ । प्राविधिक शिक्षा संचलनका लागि महाअभियान क्रममा विद्यालयलले शनिबार अभिभावक र सरोकारवाला पक्षससंग छलफल कार्यक्रममा विभिन्न व्यक्तिहरुले सहयोग रकम बोलेका छन् ।

कार्यक्रममा कर्मचारी, अभिभावक , शिक्षक समाजसेविले विद्यालयको अभियानमा आर्थिक, भौतिक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आर्थिक सहयोगको समेत घोषणा गरेका छन् । करिब ५० जना व्यक्तिहरुले ६ लाख ४७ हजार४१ रुपैयाँ दिने घोषणा गरेका छन् । विरेन्द्रनगर नगरपालिका वडा ११ का तोपलाल तिवारीले विद्यालयलाई ५६ हजार ६ सय ६६ रुपैँया प्रदान गर्ने घोषणा गरेका छन् ।

यस्तै शिक्षक तथा रेडक्रस जुर्वटा उपशाखाको सभापति हिरा ढकालले ५५ हजार ५ सय ५५, विद्यालय व्यवस्थापन समितिको पुर्व अधयक्ष विनोद ढकालले ५० हजार पाँच सय ५ र विद्यालयका प्राचार्य पुर्ण ५० हजार एकसय १ दिने घोषणा गरे ।

विद्यालयले १८ महिने पशुविज्ञान र त्यसलगत्तै तिन वर्षिय पनि यसै विषयमा संचालन गर्ने जनाएको छ । विद्यालयलाई व्यवसायिक फर्मको रुपमा विकास गरी विद्यार्थीहरुलाई पशुजन्य उत्पादनमा समेत संलग्न गराउने र जसका लागि विद्यालय भित्र विभिन्न पशुजन्य फर्म संचालन गरिने र सामुदायिक क्षेत्रमा रहेका विभिन्न संघसंस्था र व्यवसायिक फर्महरुसंग सहकार्य गरी प्राविधिक तथा व्यवसायिक शिक्षा प्रति प्रोत्साहन गने लक्ष्य विद्यालयले लिएको छ ।

यसका लागिआर्थिक सहयोग गर्न देभ भित्र र बाहिर रहने सम्पुर्ण शिक्षाप्रेमी , चन्दादाताहरुलाई विद्यालयको राष्टिय बाविणज्य बैक सुर्खेत शाखामा रहेको ७१ नम्बर खातामा सहयोग रकम जम्मा गरिदिन समेत सम्पुर्णमा विद्यालयले अपिल गरेको छ ।

यसै क्रममा विद्यालयले आगामी १९ गते अभिभावक , सरोेकारवालरुको वृहत भेला आयोजना गर्ने भएको छ । कार्यक्रम विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष नन्दलाल शर्माको प्रमुख आतिथ्यता र महाअभियान संचालन उपसमितिका संयोजक कृष्ण प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।