☰ open Loading... 1 May 2024|  

अध्यक्षलाई हातपात गर्ने एमाले कार्यकर्ता पक्राउ
  | १३ फाल्गुन २०७४, आईतवार १८:०९

जाजरकोट । जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्ण केसीलाई स्थानिय एमाले कार्यकर्ताले हातपात गरेका छन् । नेकपा एमाले जुनीचाँदे गाँउपालिका –४ का अध्यक्ष वीरबहादुर खड्काले केसीलाई हातपात गरकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कुनैपनि योजनाको निर्माण समितिमा जिम्मेवारी नदिएको भन्दै शनिबार राति घरमै बसिरहेको बेला एक्कासी आएर आफूलाई खड्काले गाली गर्दै हातपात गरेको अध्यक्ष केसीले बताए । खड्का विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराउने समेत केसीले बताए ।

इलाका प्रहरी कार्यालय गर्खाकोटमा कुरा मिल्न नसकेपछि खड्कालाई जिल्ला सदरमुकाम झिकाइएको जिल्ला प्रहरी प्रमुख भावेश रिमालको भनाइ छ । ‘दुवै पक्षलाई सदरमुकाममै झिकाएका छौ । दुवैको बयान सुनेपछि कस्तो कारवाही गर्ने भन्ने टुङ्गोमा पुगिनेछ,’ रिमालले भने । गाँउपालिकामा अध्यक्ष केसी माओवादी केन्द्रको तर्फबाट विजयी भएका हुन् ।