☰ open Loading... 19 April 2024|  

पञ्चदेवल महोत्सवको तयारी तिव्र
  | १४ फाल्गुन २०७४, सोमबार १८:३३

अछाम ६ । यहि फागुन १८ देखी शुरू हुन लागेकाे दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिव्र पारिएकाे छ । छाउपडी कुप्रथा न्यूनिकरणमा टेवा पुग्ने अपेक्षासहित  सञ्चालन हुन लागेकाे महोत्सव स्थलमा मञ्च व्यवस्थापनदेखी, स्टल निर्माणसम्मका तयारीहरू अन्तिम चरणमा पुगेकाे हाे ।

महोत्सवका लागि प्रचारप्रसार कार्यलार्इ समेत तिब्र पारिएकाे महोत्सव मुल आयोजक समितिले जनाएकाे छ । यसअघि नै अायाेजकले मुख्य प्रायोजक, प्रायोजकहरु र अन्य साझेदारहरुसंग समन्वय तथा परामर्श सकेकाे थियाे ।

महोत्सव मुल आयोजक समितिका सदस्य सचिव रमेश रावतका अनुसार महोत्सव तयारीका लागि आन्तरिक तथा बाह्य समन्वय तथा सहकार्य र प्रचार प्रसार तथा आवस्यक सामग्रि संकलन तथा छपाई कार्य सकिएको बताए ।

महोत्सव स्थलमा बाँकी भौतिक निर्माणका काम पनि अन्तिम चरणमा पुगेकाे रावलले जानकारी दिए । महाेत्सवले पञ्चदेवल, स्थानीय उत्पादन, साहित्य, संस्कृति शिक्षा र पर्यटन विकास गर्नमा टेवा पुग्ने अपेक्षा अायाेजककाे छ । फागुन १८ गते नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाेत्सवकाे उदघाटन गर्ने कार्यतालिका तय भएकाे छ ।

फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सव अवधि भर करिब ५० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएकाे सदस्य सचिव रावतले बताए । महाेत्सवबाट संकलित रकम बिनायकस्थित पञ्चदेवल क्याम्पस समेत सञ्चालन गरिने महोत्सव मुल आयोजक समितिका अध्यक्ष टंक बहादुर धामीले बताए । महाेत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहकाे प्रस्तुती रहने छ ।