☰ open Loading... 18 November 2024|  

कर्णाली प्रदेशको पाँचौं बैठकमा कसले के भने ?
  | १५ फाल्गुन २०७४, मंगलवार १७:४०

विरामी नभए डाक्टरको आवश्यकता पर्दैन : मुख्यमन्त्री

सुर्खेत । विरामी नै नभए डाक्टरहरु आवश्यक नपर्ने कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन । सरकारको पक्षमा विश्वासको मत प्रस्ताव पेश गर्दै उनले भने,–‘प्रतिपक्षले पनि विरामी नहुने गरी सुझाव र सहयोग गरेमा डाक्टरको जरुरी पर्दैन ।’

सरकारलाई प्रतिपक्षले सहयोग गर्न आग्रह गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैलाई सम्मान दृष्टिकोणले हेर्ने प्रतिवद्धता जनाए । शाहीले समग्र प्रदेशका विकास लागि सकरात्मक सोचको खाँचो रहेको भन्दै समृद्ध प्रदेश निर्माण गर्न परम्परागत सोच परिवर्तन गर्नु आवश्यकता रहेको औंल्याए ।

लामो समयपछि हामीले व्यवस्था परिवर्तन ग¥यौं तर व्यवस्थालाई कार्यान्वयन गर्नका सहकार्य जरुरी रहेको शाहीले उल्लेख गरे ।

कर्णाली समृद्धि बनाउने सपना देख्नुहोस : कंडेल 

कर्णाली प्रदेशलाई समृद्ध प्रदेश बनाउने सपना सबैले देख्नुपर्ने एमाले संसदीय दलका नेता यामलाल कंडेल बताए । मुख्यमन्त्री शाहीले पेश गरेको प्रस्तावको समर्थन गर्दै उनले भने, ‘सपना देखेर मात्र विकासले फड्को मार्न नसक्ने प्रदेश बदल्न सवैको साथ आवश्यक छ ।’ नेता कंडेलले प्रदेश भित्रको कांग्रेसले प्रतिपक्षको भुमिका नखेली सकरात्मक भुमिका खेलिरहेको बताए ।

शाही सरकार मुर्दावाद भन्ने दिन नओस् : शाही 

विगतमा शाही शासनका विरुद्धमा आफैले मुर्दावाद भन्ने नारा लगाउदै हिडेका स्मरण गर्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले त्यस्तै नारा लगाउने दिन ननिम्त्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई सुझाव दिए ।

सरकारको विपक्षमा मतदान गर्दै उनले भने, ‘नेगेटिभ तार नभएसम्म बत्ति बल्दैन, सरकार गलत बाटो गएपछि प्रतिपक्षले डाक्टरको भुमिका निर्वाह गर्छ । सरकारको विपक्षमा मतदान गरेपनि आफ्नो पार्टीले सरकारलाई सहयोग तयार छ ।’

नेपाली कांग्रेसले कर्णाली जनता बलियो भएको हेर्न चाहेको नेता शाहीले बताए । कांग्रेसले एमाले बलियो भयो वा माओवादी बलियो भयो भनि हेर्न नचाएकाले कर्णाली प्रदेशका जनता बलियो खुसी भएको हेर्न चाएको उल्लेख गरे ।