☰ open Loading... 1 May 2024|  

सवारी दुर्घटना एकको मृत्यु
  | १५ फाल्गुन २०७४, मंगलवार १७:५७

दाङ ।  सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नंको ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नंको ट्र्याक्टरले किचेको थियो । अन्दाजी ४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका–४ निवासी रहेको खुल्न आएको छ ।

नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई  राप्ती क्षेत्रीय अस्पताल पु¥याएलगत्तै प्रहरीले मृत घोषणा गरेका थिए । दुर्घटना दिउँसो ३ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको सर्रा नजिकै भएको थियो ।