☰ open Loading... 18 November 2024|  

कर्णाली प्रदेश मुकामका वित्तीय संस्था गाउँ पठाइने
  | १७ फाल्गुन २०७४, बिहीबार ११:३७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई गाउँमा पठाइने भएको छ । प्रदेश सरकारले वित्तीय संस्थालाई आवश्यक सहयोग गर्ने जनाएको छ । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूसँग छलफल गरेका छन् । शाहीले गाउँमा जान निर्देशन दिए ।

 

उनले भने, ‘गाउँमा लगानीको आवश्यकता छ, त्यहाँ लगानी गर्नुस्, आवश्यक सहयोग गर्न सरकार तयार छ ।’ वित्तीय संस्थाका प्रमुखहरूले विद्युत्, टेलिफोन, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । उनीहरूले वीरेन्द्रनगरमै पनि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भइराख्ने समस्या रहेको जानकारी गराए । सुर्खेतमा २७ बैंक र दुई वित्तीय संस्था छन् ।