☰ open Loading... 3 May 2024|  

पानेढुंगा रंगशाला अलपत्र
  | १९ फाल्गुन २०७४, शनिबार १६:२७

रुकुम । मुसिकोटको पानेढुंगामा निर्माणाधिन रंगशाला अलपत्र अवस्थामा पुगेको छ । निर्माणाधिन रंगशालाको काम रोकिएको एकवर्ष बितिसक्दा समेत निर्माण कार्यले निरन्तरता नपाउँदा रंगशाला अलपत्र अवस्थामा पुगेको हो । पुर्व खेलकुद मन्त्री दलजित श्रीपाईली खेलकुद मन्त्री हुँदा रंगशालाको शिलान्यास गरी मुसिकोट नगरपालिका वडा नम्बर दुईमा रंगशालाको काम अघि बढाईएको थियो ।

रंगशाला निर्माण कार्यले सुरुवाती चरणमा तिब्रता पाएपनि हाल रंगशाला जिर्ण अवस्थामा पुगेको छ । अलपत्र अवस्थामा रहेको पानेढुंगा रंगशाला निर्माणका लागि सम्बन्धित सरोकारावाला निकाय भने बेखबर बनेका छन् । जिल्लाको खेलकुद क्षेत्र विकासको लागि भन्दै पहिलोपटक रुकुम पश्चिममा पानेढुंगा रंगशाला निर्माणको कामलाई अघि बढाईएको थियो ।

रंगशाला निर्माणका लागि तत्कालिन जिल्ला विकास समितिले १५ लाख र जिल्ला खेलकुद विकास समितिले ३० लाख बजेटको व्यवस्था गरेको थियो । तर ४५ हजार बजेटले थोरै काम गरिएको र त्यसलगत्तै निर्मानाधिन रंगशालाको काम अलपत्र अवस्थामा छोडिएको छ । रंगशाला निर्माणका लागि स्थानीय बासिन्दाले खुशीसाथ ३२ रोपनी जग्गा सहयोग गरेका थिए ।

समयमै रंगशाला निर्माण नहुँदा हाल स्थानीयवासी, जिल्लाका खेलाडी लगायत सबै चिन्तित् बनेका छन् ।