| २० फाल्गुन २०७४, आईतवार १८:११
धनगढी । टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् ।
तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् ।
सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने र थरुहटका माग सम्बोधन गरिनुपर्ने माग गर्दै अनशन सुरु गरेको जनाइको छ ।
उक्त घटनाको अभियोगमा २४ जना कैलाली करागारमा छन् भने, दुई जना नाबालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ ।