☰ open Loading... 3 May 2024|  

विचौलियाबाट खुलेआम ठगिदै यात्रु
  | २० फाल्गुन २०७४, आईतवार १५:०३

सुर्खेत । रातो नम्बर प्लेटका जीपहरुले यात्रुहरुबाट मनोमानित भाडा असुल्ने गरेको पाइएको छ। यातायात व्यवसायी संघसँग आवद्ध नभई व्यक्तिगत प्रयोजनका लागि सञ्चालन भइरहेका गाडीहरुले कानून विपरीत यात्रुहरु ओसार–पसार गर्ने गरेको पाइएको हो।

फाइल तस्विर ।

यस्ता सवारी साधनमा ट्राफिक प्रहरीले निगरानी नगर्दा गाडी सञ्चालकको मनोमानी रुपमा भाडा असुल्ने गरेका हुन् । रातो प्लेटका सवारी सधानहरुले यात्रु बोक्न पाइदैन्। तर, कर्णाली प्रदेशका अधिकांश जिल्लाहरुमा रातो नम्बर प्लेटका गाडीहरुले यात्रु बोक्ने गरेका छन्। यतिमात्र होइन्, रातो नम्बर प्लेटका सवारी साधानहरुले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको गुनासो सेवाग्राहीको छ।

सार्वजनिक यातायातका रुपमा सञ्चालनमा नआएका सवारी साधनमा यात्रुहरु बोक्दा यातायात व्यवसायीहरुले कायम गरेको भाडा दर लागु भएको छैन्। जसले गर्दा सवारी चालक र सवारी धनीबाट सर्वसाधारणहरु खुलेआम ठगिएका छन्। सुर्खेतदेखि दैलेखको चामुण्डाविन्द्रासैनीको जम्बुकाँधसम्म जान पाँच सय ५० रुपैयाँ भाडादर काम छ। तर, रातो प्लेटका जीपहरुले प्रतिव्यक्ति आठ सयदेखि १ हजारसम्म भाडा लिने गरेका छन्।

यात्रुहरुले बस व्यवसायीहरुको तुलनामा दोब्बर पैसा लिने गरेको छन। मध्यपश्चिम यातायात व्यवसायी र काँक्रेविवाह यातायात व्यवसायी समितिका बसहरु दुल्लुहुँदै जम्बुकाँध पुग्छन। जीपहरु भने कर्णाली राजमार्गको पादुका खोला हुँदै छोटो रुटबाट जम्बुकाँध पुग्ने गरेका छन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट चामुण्डा चल्ने गाडीहरुमा बढी पैसा असुल्नेदेखी सिट संख्याभन्दा सातौं गुणाबढी यात्रु ओसार्ने गरेका हुन्।

प्रहरीको संक्रियाता नहुँदा गाडीधनीहरु खुलेआम यात्रुसंग ठग्ने गरेका गुनासो बढेको छ। ट्राफिक प्रहरीले जंगल नजिक बसेर जरिवाना काट्ने गरेपनि दिनहुँ गाडी धनीहरुले निर्वाध मान्छे कोच्ने र बढी रकम अशुल्ने गरेको छन्। पटक–पटक जरिवाना मात्रै काट्ने तर, कार्वाही नहुँने समस्या देखीएपछि ट्राफिक प्रहरीसमेत मिलोमत्तो भएको आंशका स्थानीयको छ। तेस्रो पटक जरिवाना काटेर चौथो पटक पनि उही समस्या देखीए सवारी नियन्त्रणसमेत लिन सकिने छ तर, यहाँ जरिवाना बाहेक अन्य कार्वाही गरेका पाईदैन्।

यता रातो प्लेट नम्बरका गाडीहरु व्यवसायी प्रयोजनका लागि प्रयोग गरेको पाइएमा कारर्वाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय डिएसपी वीरबहादुर ओलीले बताए। मनपरि मान्छे बोक्ने र रातो नम्वरका जीपहरु हिडेको खबर दिए वा उजुरी दिएमा तत्काल कारवाही गरिने उनले बताए।