☰ open Loading... 3 May 2024|  

प्रदेश ७ का मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने
  | २१ फाल्गुन २०७४, सोमबार १३:३८

डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (मंगलबार) विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८९४० अनुसार दुई वा दुईभन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार भट्टले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

 प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले भट्टले तोकिएको समयसीमा अगावै विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयका अनुसार, बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ । माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ र माओवादीका १४ गरी ३९ सांसद छन् ।