☰ open Loading... 20 April 2024|  

नहर खन्दा भेट्टिएको बम निष्क्रिय पारियो
  | २२ फाल्गुन २०७४, मंगलवार १५:५०

रुकुम । चौरजहारी नगरपालिका–१० चिसापानीमा चौरजहारी टार सिंचाई आयोजनाको नहर खन्ने क्रममा सोमबार बेलुकी भेट्टिएको बाल्टिन बम मंगलबार बिहान सेनाले निष्क्रिय पारेको छ ।

सेनाको ज्वालादल गण ‘क’ गुल्म चौरजहारीबाट आएको सेनानी गोरखबहादुर पुजारा नेतृत्वको टोलीले बम निष्क्रिय पारेको हो । जेसीभी मार्फत नहर खनिरहेका बेला बम भेट्टिए पछि ठेकेदार कम्पनी बज्र ग्रुप प्रालिले प्रहरीलाई खबर गरेको थियो । सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म प्रहरीले सुरक्षा घेरामा राखेको थियो ।

सशस्त्र द्वन्द्वका बेला उक्त बम गाडेको हुन सक्ने अनुमान गरिएको छ । ४ बर्ष अघि पनि उक्त ठाउँमा बाल्टिन बम भेटिएको थियो । बम भेट्टिएपछि रोकिएको सिंचाई आयोजनाको नहर खन्ने काम पुनस्सुचारु भएको छ