☰ open Loading... 3 May 2024|  

विपद् न्युनिकरण तालिम
  | २२ फाल्गुन २०७४, मंगलवार १४:५९

सुर्खेत । विपद् जोखिम न्युनिकरण लागि उथानशिलता सम्बन्धी तीन दिने तालिम मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । विपद् जोखिम व्यवस्थापन सम्बन्धी पूर्वतयारीका बारेमा जानकारी गराउने उद्देश्यले भी.एस.ओ. नेपाल आयोजना र ग्लोबल एक्सन नेपालको साझेदारमा तालिम सुरु भएको हो ।

लिममा डा. मिनबहादुर क्षेत्रीले विपद् जोखिम न्युनिकरण, विपद्बाट बच्ने उपाय लगाएत बारेमा जानकारी गराउने ग्लोबल एक्सन नेपाल सुर्खेतका जिल्ला संयोजक राजेश गिरीले जानकारी दिए ।  साथै स्थानीय स्तरमा हुनसक्ने विभिन्न विपद्का घटना र न्यूनिकरणका बारेमा पनि छलफल हुने उनले बताए ।

यसैगरी कार्यक्रममा विपद् जोखिम न्यनिकरण तथा उथानशिलतताका सल्लाहकार, गार्गी प्रधान, जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्साल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेसी नगरपालिका र बराहताल गाउँपालिका र बैनि शिक्षाका लागि दिदी कार्यक्रम अन्र्तगतका १२ वटा विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको तालिम सहभागिता रहेको छ ।