☰ open Loading... 3 May 2024|  

खानेपानी स्रोतमा २ गाउँको तानातान
  | २३ फाल्गुन २०७४, बुधबार १०:१९

कालिकोट ।  खाँडाचक्र नगरपालिका ७ पिली गाउँको खानेपानी तथा सरसफाइ आयोजनाको ट्यांकी तोडफोड भएको छ । वडा नं। ६ सेरा र दाहाका स्थानीयले शुक्रबार तलसेरा गाउँको परम्परागत सिँचाइ गर्ने पानी सुक्खा बनाएर खानेपानी लगेको जनाउँदै करिब ७५ लाखको लागतमा निर्माण भएको पिली खानेपानीका ३ वटा ट्यांकी र पाइप तोडफोड गरेका हुन् ।

खाँडाचक्र वडा नंं। ६ र ७ को सिमानामा पर्ने चाल्ना खोलाको पानी मेजर पाखा खानेपानी तथा सरसफाइ आयोजनाको नाममा मूल दर्ता गरेर सिँचाइ गर्ने सबै पानी लगेको विरोधमा जनताले खानेपानी आयोजना तोडफोड गरेको वडा नं। ६ का वडाध्यक्ष जगदीश शाहीले बताए । सिँचाइमा समस्या भएपछि तोडफोड गरे । शाहीले भने, ‘मूलको पानी पूरै लगेपछि जग्गा बाँझै राख्ने अवस्था आयो, स्थानीयले आक्रोशित भएर फुटाए ।’

योजना छनोटका १४ वटै चरण पूरा गरेर वैधानिक रूपमा मूल दर्ता गरेर आफ्नै एरियामा पर्ने पानी लिँदा पनि पिलीमाथि हस्तक्षेप गरेर खानेपानी योजना दाहाका केही व्यक्तिको अगुवाइमा भत्काइएको वडा नं। ७ का अध्यक्ष रजबहादुर मल्लको गुनासो छ । उनले वडा नं। ७ कै क्षेत्रबाट लाखौंको लगानीले खानेपानी गाउ पुर्‍याएको एक महिना नबित्दै केही व्यक्तिले ट्यांकी तोडफोड गरेर खानेपानी अवरुद्ध बनाएको गुनासो पोखे । मेजरपाखा खानेपानी आयोजनाले जिल्ला जलस्रोत समितिमा मूल दर्ता गरेर पिलीको भीर छिचोल्दै फलामे जीआई पाइप हालेर पानी गाउँमा पुर्‍याएर जनतालेखान थालेपछि रिसइबीले ट्यांकी फुटाएको बताए । ‘खानेपानी नभएर सिँचाइ गर्छौं भन्दै जलस्रोत ऐनविरुद्ध केही व्यक्तिले लाखौंको योजना तोडफोड गरे ।’ सशस्त्र द्वन्द्व प्रभावित पिलीका वडाध्यक्ष मल्लले गुनासो पोखे, ‘हामीले कसैलाई असर नपर्ने गरी आफ्नो क्षेत्रबाट पानी ल्याउँदा पनि हेपेर पाइपकोट्यांकी फुटाइदिए ।’

मूलको पानी अढाई इन्चीको मोटो पाइपमा लगेर परम्परागत सिँचाइ कुलोमा असर परेपछि दाहा र तलसेरका जनताले ट्यांकी फुटाएको वडा नं। ६ का सदस्य धनीप्रसाद भट्टराईले बताए । ‘चाल्ना खोलालाई मेजर पाखा नाम राखेर मूल दर्ता गरे ।’ भट्टराईले भने, ‘सिँचाइमा असर परेपछि ३र४ सयको संख्यामा गएका स्थानीयले खानेपानी भत्काइदिए ।’ उनले सिँचाइको विकल्प नहुँदासम्म पानी लैजान नदिने बताए ।

संघीय संरचनामा जानुअघि दुवै गाउँ दाहा गाविसमा पर्थे । त्यतिबेला दाहा ४, ५, ६ र ७ मा हालको वडा नं। ६ पथ्र्यो भने वडा नं। ८ र ९ पिली गाउँ हालको वडा नं ७ हो । दुवै वडाध्यक्ष एमालेबाट निर्वाचित हुन् । खाँडाचक्र नगरपालिको प्रमुख र उपप्रमुख पनि एमालेबाटै निर्वाचित छन् ।

पानीका लागि झगडा गर्नुभन्दा पनि खानेपानी पनि खान दिनुपर्ने र सिँचाइ पनि गर्न समस्या नहुने गरी विकल्प खोजेर दुवै वडा अघि बढ्नुपर्ने नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले छलफलका लागि पहल भइरहेकै अवस्थामा केही व्यक्ति गएर पानीको ट्यांकी तोडफोड गर्नु गैरजिम्मेवार काम भएको बताए । नगरपालिकाले दुवै पक्षलाई बोलाउन पत्राचार गरिसकेको जानकारी दिँदै विकासका संरचना भत्काएर आफ्नो गाउँठाउँलाई घाटा पुगेको बताए ।

छिमेकी गाउँमा खानेपानी अभाव भएपछि पानी लिएको रिसमा आयोजनामै क्षति पुर्‍याउनु दुस्खद् भएको सुनाउँदै नगर उपप्रमुख विजया विष्टले अराजक गतिविधि बन्द हुनुपर्ने बताइन् । खानेपानी नभएर सिँचाइ गर्ने भन्नु मूर्खता भएको महिला नेत्री मीना शाहीको धारणा छ । ‘खानेपानी नखाऊ, सिँचाइ गर्छौं भन्न पाइँदैन,’ शाहीले भनिन्, ‘पिउने पानी पुगेपछि मात्र सिँचाइको कुरा आउँछ ।’

विश्व बैंकको सहयोगमा खानेपानी तथा ढल निकास विभागमार्फत ग्रामीण खानेपानी तथा सरसफाइ कोष ९फन्डबोर्ड० को प्रमुख लगानीमा स्थानीय समुदायको नगद तथा श्रमदान, तत्कालीन दाहा गाविस र खाँडाचक्र नगरपालिकाको ७५ लाख लगानीमा सञ्चालन भएको आयोजना तोडफोड भएपछि स्थानीय आक्रोशित छन् ।

फन्डबोर्डको साझेदार संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकका उपाध्यक्ष वीरेन्द्र बुढाका अनुसार ०७२ मा गाउँ परिषद्, इलाका परिषद् हुँदै जिल्ला परिषद्बाट स्वीकृत भएर छनोटमा परेको पिली खानेपानी आयोजना काम सकिएपछि समुदायले पानी खान थालेपछि तोडफोड गरिनु गैरजिम्मेवारीपना भएको बताए । उनले दण्डहीनताले प्रश्रय पाउँदा जे गरे पनि हुन्छ भन्ने मानसिकता केही व्यक्तिमा रहेको सुनाए ।

लागत सम्झौता ६४ लाख ८७ हजार ८ सय ४ रुपैयाँ ६ पैसा रहेको पिलीस्थित मेजरपाखा खानेपानी आयोजनामा ५१ लाख १४ हजार, २ सय १० रुपैयाँ, समुदायको नगदसहित १३ लाख ७३ हजार ५ सय ९४ रुपैयाँ जनश्रमदान हो भने खाँडाचक्र नगरपालिकाले ५ लाख र साबिकको दाहा गाविसले गत वर्ष ४ लाख २८ हजार गरी ९ लाख २८ हजार साझेदारी रकम लगानी गरेका छन् । कुल ४ हजार ५ सय मिटर टाढाबाट पिली गाउँ पुर्‍याएको हो ।

आयोजनामा १ इन्टेक, ४ वटा आईसी, २ वटा आरभीटी ट्यांकी, १ सेक्सनल भल्भ, पिलीको भीरमा फलामे मोटो जीआई पाइप अड्याउन १ सय ४० वटा एङ्कर ब्लक ९पिलर० र १ सय २७ वटा धारा निर्माण गरिएको खानेपानी आयोजनाका अध्यक्ष राइबहादुर मल्लले बताए । उनले खानेपानी आयोजनाको सम्पूर्ण काम सकेर योजना हस्तान्तरण गर्ने बेला छिमेकी गाउँकाले तोडफोड गरिदिएको गुनासो पोखे ।

पिलीको डाँडामा पानी पुर्‍याउन २ सय ७७ वटै घरधुरीले प्रतिघरबाट १२ हजार रकम बराबर जनश्रमदान गरेको पूर्व दाहा गाविस उपाध्यक्ष पुत्रबहादुर मल्ले बताए । ‘खानेपानी गाउमा पुर्‍याउन पिलीवासीको पसिना बगेको छ ।’ मल्लले भने, ‘दाहाका केही व्यक्तिको पिलीलाई विगतदेखि गर्ने हेपाहा प्रवृत्तिले खानेपानी तोडफोड गरियो ।’ पिलीमा घरघरमा धारा आउने भएपछि स्थानीयले गत वर्ष पिलीलाई पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गर्दै सरसफाइको नमुना बनाउने प्रतिबद्धता गरेका थिए ।

पिलीमा पानी लिनुअघि नै दाहा र सेरावासीले विरोध गर्दा पनि सुनुवाइ नभएको पूर्व जिविस सदस्य जगदीश शाहीले बताए । उनले गत वर्ष जिल्ला प्रशासनमा खानेपानी विवादको उजुरी दर्ता गरे पनि कुनै सुनुवाइ नभएकाले स्थानीय ट्यांकी तोडफोड गर्न बाध्य भएको जानकारी दिए ।

यसैबीच, मंगलबार तोडफोड गरिएकोट्यांकी र क्षतिबारे निमित्त प्रजिअ राजकुमार दुलाल, प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका विनोदप्रसाद रिजाल, खाँडाचक्र नगरप्रमुख पाण्डेसहितका सरोकारवालालेट्यांकी र तोडफोड गरिएको संरचनाको स्थलगत अनुगमन गरी फर्किएको छ । अनुगमन टोली प्रमुख निमित्त प्रजिअ दुलालले निर्माण भएको भौतिक संरचना भत्काउनु अपराध भएको सुनाउँदै दोषीमाथि कारबाही हुने बताए ।

मूल विवादबारे आपसमा सरसल्लाह गरेर समाधान खोज्नुको सट्टा लाखौंको योजना भत्काउनु अपराध हो । प्रहरी प्रमुख सुवासचन्द्र बोहराले भने, ‘संलग्नलाई प्रहरीले नियमअनुसार कारबाही गर्छ ।’ अनुगमन टोली क्षतिग्रस्त खानेपानीको ट्यांकी,पाइप, सिचाई कूलोको अवस्था तथा खानेपानी र सिचाई समस्याबारे जानकारी लिएर फर्किएको छ ।

कान्तिपुर