Loading... 22 September 2018|   शनिबार, अशोज ६, २०७५

सुर्खेत र नेपालगञ्जदेखि सिधै रारासम्म हवार्इ पर्यटन टूर

  |

सुर्खेत । अब बाँकेको नेपालगञ्ज र सुर्खेतबाट सिधै रारा घुम्न पाइने भएको छ । गोमा एयरको हजाजबाट हरेक दिन सुर्खेत र नेपालगञ्जबाट राराका लागि उडान भर्ने भएपछि रारा जाने पर्यटकलाई सहज भएको छ ।

रारा एड्भेन्चर प्रा।लि र भेरी(कर्णाली र्‍यापिड एड्भेन्चर प्रा।लि।को सहकायृमा सुर्खेत र नेपालगञ्जबाट मुगुको राराका लागि गोमा एयरको सिधा उडान सुरु भएको हो ।

यी दुई कम्पनीले कर्णालीको पर्यटन प्रबर्द्धनका लागि भन्दै टूर प्याकेज समेत तयारगरेको जनाएको छन् । दुई रात दुई दिनका लागि १७ हजार ९९९ को प्याकेज तयार गरिएको भेरी( कर्णाली र्‍यापिड एड्भेन्चरका समुन्द्र गौतमले जानकारी दिए । जसमा दुई तर्फी प्लेन, खाना, नास्तार बसाइसहितको व्यवस्था गरिएको छ ।

यस्तै थप दिनहरुको लागि १५ सयका दरले जोडिने गौतमले बताए । यो प्याकेजमा ६ वर्षभन्दा कम र ७० वर्षभन्दा माथि उमेर भएकाहरुका लागि निःशुल्क घोडाको व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०७४     3:17:01 PM
error: Content is protected !!