☰ open Loading... 3 May 2024|  

बाङ्ला विमान दुर्घटना : २० जनाको शव निकालियो, केही घाइतेको उद्धार (अपडेट)
  | २८ फाल्गुन २०७४, सोमबार १६:००

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजको विमानमा लागेको आगो नियन्त्रणमा आएको छ । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेकोविमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार विमानमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दिउँसो २ बजे दुर्घटना भएको हो । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । अझै थप घाइतेको उद्दार कार्य जारी रहेको छ। २० जनाको शव निकालिएको छ ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको बताइएको छ ।