☰ open Loading... 2 May 2024|  

ठाँटीकाँधमा बन्ने भयाे २५ शैंयाको अस्पताल
  | ३० फाल्गुन २०७४, बुधबार ०९:४७

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाको दोस्रो गाउँ सभाबाट गाउँपालिकाको मुकाममा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैंयाको अस्पताल बनाउने निर्णय गरेको छ । अस्पतालको जनशक्ति, सामाग्री र भवनको स्तरउन्नती सहित प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्षभित्र अस्पताल बनाउने निर्णय गरिएको हो ।

अस्पताल सहित प्रत्येक वडामा प्रसुती गृह सहित सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन बनाउने निर्णय गरिएको हो । त्यसै दुर्गम ठाँउमा थप प्रसुती गृह बनाउने समित निर्णय भएको स्वास्थ्य केन्द्रका प्रमुख तथा गाउँपालिकाका निमित्ति प्रशासनिय अधिकृत डा. विकास साहले बताए ।

‘प्रत्येक वडामा प्रसुती गृहसहित भवनको स्तरउन्नती तथा नयाँ भवन बनाउने गाउँसभाले निर्णय गरेको छ ।’प्रमुख डा. साहले भने, यहाँ जनताहरुलाई स्वास्थ्यमा सहज हुनुका साथै टाढा गएर खर्च गर्नुपर्ने झन्झट हट्नेछ ।’ गाउँपालिका आफैले पनि बजेट विनियोजन गर्न सक्नेछ अपुग भएमा स्वास्थ्य मन्त्रालय तथा विभागमा निर्णय पठाईने गाउँपालिकाले जनाएको छ ।

अस्पतालका लागि उपकरणहरु तयारी अवस्थामा रहेपनि जनशक्ति अपुग हुने डा. साहले बताए । ‘जनशक्ति अनुसार थप उपकरणहरु आगामी वर्षमा खरिद गर्नुपर्छ ।’ डा. साहले भने, ‘अहिले विरामीहरुले सदरमुकाम धाउनु नपर्ने गरि उपकरण स्वास्थ्य केन्द्रमै रहेको छ ।’

ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गाउँपालिकाका जनताहरुलाई स्वास्थ्य सेवाबाट बञ्चित नराउनका लागि अस्पतालदेखी वडावडामा सुविधासम्पन्न भवन, जनशक्तिको ब्यवस्थापनमा गाउँसभाबाट निर्णयहरु गराईएको बताए ।

अध्यक्ष शाहीका अनुसार वडा नम्वर १ मा प्रसुती गृह सहित स्वास्थ्य चौकी भवन बनाउने, २ मा जग्गासहित प्रसुती गृह सहित नयाँ स्वास्थ्य चौकी बनाउने, ३ मा सामुदायिक स्वास्थ्य ईकाइ सहित नयाँ प्रसुती गृह र स्वास्थ्य चौकीको लागि नयाँ भवन बनाउने, ४ मा प्रसुती गृह सहित चौकीका लागि नयाँ सुविधासम्पन्न भवन बनाउने, ५ मा जग्गा सहित नयाँ भवन बनाउने र ६ वडामा नयाँ भवन बनाउने निर्णय भएको छ ।

‘कतिपय वडामा पुरानै भवन भएकाले स्तर उन्नती र अवश्यक अनुसार नयाँ भवनहरु बनाईने छ ।’ अध्यक्ष शाहीले भने, धेरै वडामा नयाँ भवन सहित जनशक्ति र उपकरण थप्ने गाउँसभाको निर्णय भएको छ ।’