☰ open Loading... 29 March 2024|  

कर्णाली प्रदेशको समृद्धिमा र्याफ्टिङ
  | १ चैत्र २०७४, बिहीबार १०:०३

 गोविन्द केसी/प्रेमबहादुर शाही । नेपाली जनताको सात दर्शक लामो संर्घषबाट प्राप्त भएको उपलब्धी संघीयता हो । संघीयताले केन्द्रीकृत शासन प्रणाली सात प्रदेश हुदैं स्थानीय तहमा विकेन्द्रीकृत बनाएको छ ।

त्यहि विकेन्द्रीकृत शासन प्रणालीलाई विस्तारै कार्यान्वयको दिशामा अघि बढेको छ । जनप्रतिनिधिहरु प्रदेश कानुन हुदैं स्थानीय कानुन बनाउने क्रममा छन । अव बन्ने कानुनले पर्यटन प्रवद्र्धनलाई प्रमुख रुपमा समेटेनु पर्दछ । पर्यटन क्षेत्रको विकासलाई जति प्राथमिकतामा राख्दछ त्यति नै प्रदेश समृद्धि हुदैं जान्छ ।

पर्यटनको लागि सवै प्रदेशहरु छुट्ट÷छुट्टै आकर्षणको केन्द्र विन्दु हुन सक्छ भने हाम्रो कर्णाली प्रदेशमा पर्यटनको मुख्य आकर्षण भनेको जलयात्रा अर्थात र्याफ्टिङ पनि एक हो ।

यसलाई प्रवद्र्धन गरी अघि बढाउन सकियो भने कर्णाली प्रदेशको प्रमुख आर्यस्रोत माध्यम कर्णालीको समृद्धिमा र्याफ्टिङ बन्ने छ । नेसनल जियोग्राफीको रिपोर्टमा नेपालको जलयात्रा १० र्औ स्थानमा छ ।

नेपालका ६ हजार नदीनाला मध्ये १६ वटा नदीमा मात्र जलयात्राको लागि खुल्ला गरिएको । जलयात्रका लागि सुनकोसी, भोटेकोसी र कर्णाली नदी प्रमुख हुन । नेपालमा पर्यटको लागि पदयात्रा र पर्वतारोहण पछिको आकर्षण भनेको र्याफ्टिङ हो ।

त्यसैले हाम्रो कणाली प्रदेशले र्याफ्टिङ ब्यावसायलाई मुख्य ब्यावसायको रुपमा समेट्नु पर्दछ । अहिलेसम्न त्रिशुली, भोटेकोसी, सुनकोसी, सेती, कालिगण्डकी, मस्यङग्री अरुण र कर्णाली नदीलाई मात्र ब्यावसायिक र्याफ्टिङ नदी भन्ने गरिएको छ ।

त्यसैले अव कर्णाली नदीलाई कर्णाली प्रदेशले र्याफ्टिङ ब्यावसायलाई प्रवद्र्धन गर्नु अतिआवश्यक छ । र्याफ्टिङ कर्णाली नदीमात्र नभएर भेरी नदी पनि र्याफ्टिङको लागि उपयुक्त नदी हो । कर्णाली प्रदेशको कर्णाली नदी पछिको दोस्रो र्याफ्टिङको लागि उपयुक्त नदी भेरी हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै सुर्खेतबाट नजिक रहेको नदी पनि भेरी हो ।

कर्णाली नदीभन्दा भेरी नदीको वहाव कम भएकाले यो नदीमा केटाकेटीदेखि बुढापाकासम्म भेरी नदीमा र्याफ्टिङ गर्न बढी रुचाउने गर्दछन । भेरी र कर्णाली नदीका जस्तो राम्रो बहाव र रमणिय छालको बनोट भएको नदी अरु नभएकाले यहाँ र्याफ्टिङ गर्न आन्तरिक र बाह्य पर्यटनको आकर्षण बढी रहेको र्याफ्टिङ संचालक हरि विष्ट बताउँछन् ।

नेपालको ¥याफ्टिङ एसियाकै उत्कृष्ट र्याफ्टिङमा पर्ने भएकाले पनि कर्णाली प्रदेशले र्याफ्टिङलाई विशेष महत्व दिनु पर्दछ । नेपालमा जलयात्राका लागि भनेर ७२ वटा कम्पनी दर्ता छन भने वर्षेनी ४० हजार पर्यटनहरुले लजयात्रा गर्छन ।

अहिले कर्णाली प्रदेशमा र्याफ्टिङलाई प्रवद्र्धन गर्नको लागि भनेर भेरी–कर्णाली र्याफ्टिड एड्भेन्चर प्रालिले भेरी र कर्णाली नदीमा र्याफ्टिङ गराउँदै आएको छ । यो कर्णाली प्रदेशको लागि गौरवको विषय पनि हो ।

कर्णाली प्रदेशले वि.स. २०७५ वर्षलाई पर्यटन वर्ष बनाउने निर्णय गरेको छ । यसले गर्दा कर्णाली प्रदेशमा रहेको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार हुने छख भने पहिलाको तुलनामा आन्तरिक तथा बाह्य पर्यटनको संख्यामा बृद्धि हुने छ । कर्णाली प्रदेशको लागि र्याफ्टिङ ब्यावसाय दिगो मुख्य आजस्रोत हुने भएकाले पर्यटन प्रवद्र्ध आवश्यक छ ।