☰ open Loading... 27 April 2024|  

मेयर चौधरीलाई गोली हान्ने र राधालाई कुटपिट गर्नेलाई मुद्धा
  | १ चैत्र २०७४, बिहीबार १४:४८

कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हान्ने र खुकुरी प्रहार गर्नेहरुलाई कारवाहीको लागि मुद्धा दर्ता भएको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका घोडाघोडी नगरपालिका—१ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका—८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी विरुद्ध प्रहरीले विहीबार मुद्धा दर्ता गरेको हो ।

उनीहरु नेकपा माओवादी विप्लव समूहका रहेको प्रहरीको भनाइ छ । गोली र खुकुरी प्रहारबाट घाइते चौधरीको काठमाण्डौस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

स्थानीय युवती राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेहरु विरुद्ध पनि मुद्धा दर्ता गरेको छ । प्रहरीले कुटपिटमा संलग्न घोडाघोडी नगरपालिका–५ देउकलियाका २३ बर्षीय रामबहादुर चौधरी, सोही स्थान बस्ने बर्ष १८ की किस्मती चौधरी, वर्ष ३४ का बेदप्रसाद चौधरी र घोडाघोडी नगरपालिका—३ बस्ने बर्ष २४ की स्मारिका चौधरी, बर्ष ३३ का चनकला चौधरी र सोही स्थान बस्ने ४१ कि सितारानी चौधरीलाई मुद्धा दर्ता गरेको हो ।