☰ open Loading... 20 April 2024|  

महिलाहरु बच्चा जन्माउन किन जादैनन् स्वास्थ्य संस्था ?
  | १ चैत्र २०७४, बिहीबार १६:१०

स्वास्थ्य संस्थामा डाक्टर हुदैनन्  

मदन विक, सुर्खेत ।

चामुण्डाविन्द्रासैनी–५ की धौली विकलाई गत जेठ २० राती सुत्केरी व्यताले च्याप्यो । उनका श्रीमानले रातीनै गाउँलेहरु बोलाएर राती नै स्वास्थ्य चौकी जाने निधो गरे । उनले गाउँलेहरुलाई बोलाउदा बोलाउदै २० मिनेट घरमै वित्यो । २० मिनेटपछि उनका श्रीमानले प्रथामिक स्वास्थ्य चौकी जम्बुकाँधमा पु¥याए । स्वास्थ्य चौकीमा पुग्दा स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मी कोही पनि थिएनन्, ।

फायल तस्विर

धौलीले भनिन्, श्रीमानले स्वास्थ्य कर्मीलाई फोनपनि गरे । १ घण्टा वित्यो कोही पनि स्वास्थ्य कर्मी आईपुगेनन् । मलाई सुत्केरी व्यताले झनै च्याप्यो ।’ मलाई व्यताले च्याप्दा बाचिदैन की जस्तै लागेको थियो ।

लामो समयसम्म स्वास्थ्य कर्मी नआउदा मैले स्वास्थ्य चौकीकै खुल्ला फिल्डमा मेरो बच्चा जन्मियो । आफु बाँच सफल भएको उनी बताउँछिन । अन्त्यमा मेरो बच्चा पनि जन्मियो स्वास्थ्य कर्मीपनि स्वास्थ्य चौकी पुगेको उनले गुनासो गरिन । मेरो ज्यानलाई तलमाथि केही भएको भए जिम्मेवारी कसले लिन्थ्यो रु ‘समाजका सबै महिलाहरुलाई प्रसुति गराउन स्वास्थ्य संस्था जानुपर्छ भनि सबैलाई थाहा छ ।’ उनले भनिन्, ‘स्वास्थ्य संस्था जादा स्वास्थ्य कर्मी नै भेटिदैनन् ।’ ‘स्वास्थ्य संस्थामा जानु भन्दा घरमै बच्चा जन्माउन सुरक्षित हुन्छौँ ।’ स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी नहुदाँ प्रसुती गराउन निकै असुरक्षित हुने गरेको उनी बताउँछिन ।

धौली एक उदारणीय पात्र मात्र हुन, कर्णाली प्रदेशका अधिकांस गाम्रीण क्षेत्रका महिलाहरु भौगोलिक विकटता र स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीहरु नहुदाँ घरको गोठमै बच्चा जन्माउन बाध्य भएकी छन ।

यता चालु आर्थिक वर्षको ६ महिनाको अवद्यीमा नगरपालिकामा १०२ जना आमाले घरको गोठमै बच्चा जन्माएका छन । तीन सय ६ जना महिलाहरुले मात्र स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर स्वास्थ्य निमित्त प्रमुख मानकुमारी शाहीले जानकारी दिईन । कर्मचारीको अभावले गर्दा केही समय अघि यस्तो समस्या देखिएको बताईन ।

हाल सबै स्वास्थ्य संस्थामा अनमी नियुक्तिगरी २४ सैँ घण्टा खटाईएको उनले जानकारी दिईन । विन्द्रासैनी स्वास्थ्य चौकी र चामुण्डाको स्वास्थ्य चौकीमा २४ सैँ घण्टा अनमी खटाईएको उनले बताईन । जम्बुकाँधमा रहेको स्वास्थ्य चौकीको बारेमा थप बुझेर कर्मचारी खटाईने उनले प्रतिवद्धता जनाईन ।

स्वास्थ्य संस्थाहरुले भने जनचेतनाको अभावले गर्दा अधिकांस महिलाहरु घरमै बच्चा जन्माउने बताउँछन । प्रत्येक वर्ष चेतना फैलाउन नाममा सरकारी तथा गैर–सरकारी संस्थाहरुले कराडौँ बजेट खर्च गर्ने गरेको छन ।