☰ open Loading... 18 November 2024|  

कृषि पर्यटकीय क्षेत्र बनाउछौँ : शाही
  | १ चैत्र २०७४, बिहीबार १८:४१

चामुण्डामा कृषि प्रर्दशनी मेला सुरु

चामुण्डा (दैलेख) ।

चामुण्डालाई कृषि पर्यटकीय क्षेत्र बनाउने दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीले बताएका छन । विहिबार चामुण्डाविन्द्रासैनी नगरपालिकामा कृषि विकास शाखाले आयोजना गरेको नगर स्तरीय कृषि प्रर्दशनी मेलाको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन ।

परम्परागत कृषि खेती प्रणाली कृषिकहरु जीवनमा रुपान्तरण नआउने भएकाले व्यवसायी रुपमा कृषि खेती गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाई छ । ‘जबसम्म व्यवसायी कृषि खेती गरिदै, ‘तबसम्म किसानको आर्थिक आय स्रोत बढाउन सकिदैन ।’ उनले भने, ‘प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउनका लागि कृषिलाई व्यवसायीकरण गर्नुपर्ने जरुरी छ ।

कृर्षि नै मानव जीवनको जीवन रेखा भएकाले चालु आर्थिक वर्षमा जनप्रतिनीधि र कर्मचारीलाई भ्रमण कार्यक्रम नराखी किसानहरुलाई सम्मान र उत्प्रेरणा दिनका लागि मेला गरिएको उनले बताए । ‘आफुले अर्काको हरेर के गर्ने, ‘आफुसंग देखाउन लायक कुनैपनि चीज छैन ।’उनले भने ‘आफुले कुनैपनि देखाउन लायक चीज बनाएर मात्र भ्रमणमा जाने प्रतिवद्धता जनाए ।

कार्यक्रमामा नगर–उपप्रमुख ताराकुमारी शाही (खत्री) ले पुरुषहरु भन्दा महिलानै कृषि पेशामा बढी सक्रिता हुने बताईन । महिलाले चुलो चौक देखि कृषिमा समय दिदाँ कृषिलाई व्यवसायिकरण हुन नसकेको दावी गरिन् । कृषिलाई व्यवसायिकरण गर्नका लागि पुरुषहरुले कृषिमा सक्रियता देखाउनुपर्नेमा जोड दिईन । ‘पुरुषहरु दिनभिर जुवा, तास, र मदिरा सेवन गरी समय वर्वाद गर्छन । उनले भनिन्, ‘महिला एक्ललै खेतमा पुगेर काम गर्छन । कसरी बनाउन सकिन्छ कृषिलाई व्यवसायीकरण ?

मेलामा १ सय२३ जना किसानले आफ्नो खेतवारीको अन्नवाली अन्तर्गत गहँु,धान,मकै तरकारीवालीमा वन्दा, केराउ, भाजी,मुला, चना, फर्सि आलु र मसलावाली अन्तर्गत लसुन प्याज,धनिया,अलैची,वेसार र विभिन्न वालिका वेर्ना प्रर्दशनी गरिएको कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत बाबुराम नेपालीले जानकारी दिए ।

मेलामा व्यावसायिक खेति गर्नका लागि खेतवारीको माटो परिक्षण गरिएको थियो । यसैगरि सो स्टलमा हाते टयाक्टर,थ्रेसर मेसिन, पंखा लगायतका आधुनिक कृषि औजार र पशुपंक्षीका विभिन्न उपकरणहरु प्रर्दशन गरिएको नगर कृर्षि विकास अधिकृत डिल्लीप्रसाद शर्माले जानकारी दिए ।