☰ open Loading... 18 November 2024|  

किन हातपात भयो महिला अधिकारकर्मीमाथि ?
  | २ चैत्र २०७४, शुक्रबार १९:०३

जुम्ला । पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले सामाजिक महिला कार्यकर्ता मायादेवि बोहोरा माथि गाली गलौजका साथै हातपात  भएकाे छ ।

पातारासी गाँउपालिका–५ निवासी मायादेवि बोहोराले समाजमा भएको विकृति विसंगति बाल विवाह र छाउपडी सम्वन्धि काम गर्दै अाएकी छन ।  हाल बाल विवाहलाई मिलाउन खोज्दा सार्वजनिकस्थलमा नै उपाध्यक्षले हातपात गरेको पिडित बोहोराले बतार्इन  ।

गाँउपालिमा भइरहेको बालविवाह मिलाउन खोज्दा उपाध्यक्षले गत फागुन ३० गते विद्यालयमा पढाउन जाने क्रममा हातपात गर्नुका साथै उपाध्यक्षका श्रीमान नेपाल पुलिसका जवान मोहन सिंह महताराले हातपात गरेको बोहोराले बतार्इन  ।

गाँउपालिका उपाध्यक्ष र उनका श्रीमानले संयुक्त रुपमा एक सामाजिक कार्यकर्ता महिलालाई कुटपिट गरेकोले नागरिकलाई सुरक्षा दिने हकमा गम्भिर प्रश्न उठेको त्यँहाका जानकारहरुको भनाइ रहेको छ । तत्काल दोषिलाई कारवाही नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत स्थानीयले चेतावनी दिएका छन् ।

बालविवाह गरेकी किशोरीलाई सम्वन्ध विच्छेद नगर्न भन्दै पातारासी गाँउपालिकाकी उपाध्यक्षले धम्की समेत दिएको पिडित महिलाले बताउनु भएको छ । पिडित महिला न्याय माग्दै जिल्लासम्म पुग्नु भएको छ र शुक्रबार नै दोषिमाथि कारवाहीको लागिसमेत जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरिएको उहाँको भनाइ छ ।

शुक्रबार प्रेस विज्ञप्ती मार्फत कारवाहीको लागि गाँउपालिको कार्यालयलाई समेत पत्र बुझाइएको छ । जनप्रतिनिधिले नै सोझा जनतालाई कुटपिट गर्दा स्थानिय आक्रोशित बनेका छन् ।