☰ open Loading... 1 May 2024|  

नेता र विज्ञ भन्छन् : दश वर्षमा समृद्ध कर्णाली सम्भव
  | ३ चैत्र २०७४, शनिबार ०९:२६

काठमाडौं ।  गरिब प्रदेशका रूपमा चिनिएको कर्णालीलाई दश वर्षमै समृद्ध बनाउन सकिने नेता तथा विज्ञहरूले बताएका छन् । नयाँ पत्रिकामा समाचार छ ।

त्यसका लागि प्रदेशका प्राकृतिक स्रोत र जनशक्तिको उपयोग, भौतिक र सामाजिक पूर्वाधारको विकासमा केन्द्रित हुनुपर्ने उनीहरूको जोड छ । प्रदेश सरकारले शुक्रबार ललितपुरमा ‘कर्णाली प्रदेशको विकास र समृद्धिको आधार’ विषयमा सरोकारवाला नेता तथा विज्ञहरूसँग छलफल आयोजना गरी समृद्धिको बहस सुरु गरेको हो ।

विषय विज्ञहरूमार्फत प्रस्तुत विकासका आधार र योजनासहितका कार्यपत्रमाथि छलफल गरियोे । प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।

यस्ता थिए छलफलका विषय 

कर्णाली प्रदेशका कृषि, पशु र भूमिको दिगो विकासका विषयमा डा। सर्वराज खड्काले कार्यपत्र प्रस्तुत गरे । उत्तरी क्षेत्र चरिचरनका लागि उपयुक्त भए पनि लगानी र उत्पादनमा चुनौती रहेको उनको भनाइ थियो ।

योगेन्द्र शाहीले ग्रामीण विकासको ‘मोडेल’का विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले नमुना परियोजनाका रूपमा कार्यक्रम अगाडि बढाउँदा सहज हुने बताउँदै एकीकृत विकासमा जोड दिए । त्यस्तै डा। दीपेन्द्र रोकायले ‘कर्णाली विकासको खाका कस्तो हुनुपर्छ,’ भन्ने विषयमा केन्द्रित रहेर प्रस्तुत गरेको कार्यपत्रमा सडक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, मानवसंशाधन र बस्ती विकासबारे उल्लेख छ ।

कर्णालीको स्वास्थ्यको अवस्थाबारेमा डा। अरुणा उप्रेती र जडिबुटी व्यवस्थापनका विषयमा कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरे । नन्दबहादुर सिंहले पर्यटन, वसन्त वन र इन्दिरा पराजुलीले समसामयिक विकासका अवधारणा र विद्युुतीय शासन तथा यमनाथ शर्माले दिगो विकासको लक्ष्य र कर्णाली प्रदेशबारे कार्यपत्र प्रस्तुत गरे ।