☰ open Loading... 1 May 2024|  

‘बालविवाहले समस्या ल्यायो’
  | ३ चैत्र २०७४, शनिबार १५:०७

सुर्खेत । बालविवाहको कारण समाजमा थुप्रै समस्या आएको  एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । शनिबार वीरेन्द्रनगरमा युनिक नेपाल च्याम्पियन संस्थाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

 बालविवाहले महिलाको पाठेघर खस्ने समस्या बढेको, समाजमा छोडपत्र गर्ने अवस्थामा व्यापकता ल्याएको जस्ता समस्याहरु आएको जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले बताए । बालविवाहकै कारणले १४ वर्षमा विवाह गर्ने र उमेर बढाएर नागरिकता लिने कार्य समेत डरलाग्दो रुपमा बढेको उनको भनाई थियो । समाजमा देहव्यापार, बहुविपवाह, यौन दुव्र्यवहारका घटना न्युनिकरणका लागि संस्थाले अभियान सुरु गरेको र यो अभियानले समाज रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका अमृत विसी, नेपाली काँग्रेसका किर्तिराज जोशी लगायतले विभिन्न विषयमा आफ्नो सुझाव दिएका थिए । कार्यक्रममा युनिक नेपालकी सहसंयोजक तथा अधिवक्ता गीता कोइरालाले समुदायमा रहेका विभिन्न १५ ओटा मुद्धाहरु प्रस्तुत गरेकी थिईन । उनका अनुसार छलफल गरिएका बुादाहरु मध्ये छनौट गरेर उक्त समस्या न्युनिकरणका लागि अभियान समेत चलाईने भएको छ ।