☰ open Loading... 19 April 2024|  

पार्वती बिशुन्के सबैभन्दा कान्छी सांसद
  | ३ चैत्र २०७४, शनिबार १८:४९

दैलेख ।  प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद  भएकी छिन । नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेख अनुसार उहाँपछि संघीय संसदमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र ७ वटै प्रदेशका प्रदेशसभा सदस्यहरु समेत ८ सय ८४ जना मध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन ।

उहाँ दैलेखको नारायण नगरपालिका वडा नं। १ निवासी हुनुहुन्छ । एसएलसी उत्र्तीण गरेलगत्तै बालविकास केन्द्रको सहयोगी कार्यकर्ताबाट सुरुवात गर्नुभएको १५ वर्षको समाजसेवापछि पहिलो पटक जनप्रतिनिधिको भूमिकामा प्रतिनिधित्व गर्नुभएको हो ।