☰ open Loading... 2 May 2024|  

गुराँस गाउँपालिकाको केन्द्र रानीमत्ता की घोडाबास ?
  | ३ चैत्र २०७४, शनिबार १८:४०

टेकराज केसी, दैलेख । 
दैलेख गुराँस गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिविचमा मतभेद देखिएपछि कार्यपालिकाले मतदान गराउने निर्णय गरेको छ ।

निबार बसेको कार्यपालिकाको बैठकले केन्द्र कहाँ राख्ने ? भन्ने विषयमा मतदानमा जाने निर्णय गरेको हो । अब गाउँपालिकाको केन्द्रको टुङ्गो चैत ८ गते बस्ने गाउँसभाबाट लाग्नेछ ।

गाउँपालिकाको केन्द्रका विषयमा नागरिकहरुले छुट्टाछुट्टै धाराणा प्रस्तुत गरेका छन् । उनिहरुकले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र राख्नुपर्ने बताएका छन् । घोडाबास आसपासका नारिकहरुले केन्द्र घोडाबास नै हुनुपर्ने बताएका छन् भने गुराँसे आसपासका क्षेत्रका नागरिकहरुले भने रानीमत्ता केन्द्र हुनुपर्ने माग गर्दै आएका छन् ।

केन्द्रका विषयमा जनप्रतिनिधिहरुले पनि छुट्टाछुट्टै धाराणा प्रस्तुत गरेका छन् । कतीले गुराँसे नै केन्द्र हुनुपर्ने बताएका छन् भने कती जनप्रतिनिधिहरुले घोडाबास केन्द्र हुनुपर्ने धाराणा राखेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष खड्गबहादुर शाहीले भने केन्द्रको विषयलाई मतदान लिन नहुने धाराणा राखेका छन् ।

संविधानमा उल्लेख भएअनुसार स्थानिय तहको केन्द्र ६ महिनाभित्र गाउँसभाबाट टुङ्गो लगाइसक्नुपर्ने भनिएको छ, यदी केन्द्र टुङ्गो लगाउन नसके पहिले तोकिएको अस्थायी क्षेत्रमा केन्द्र रहने भनिएको छ ।

यसरी हेर्दा गुराँस गाउँसभाले केन्द्रको टुङ्गो लगाउन नसके त्यसको अस्थायी मुकाम रतीखोलामा केन्द्र स्वतः जानेछ । यस्तै, गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा सल्लाबाट निकालिने खोटो बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रमा अत्याधिक खोटो निकाली सल्लाका विरुवा सुक्न थालेपछि गाउँ कार्यपालिकाले खोटो निकाल्न बन्द गर्ने निर्णय गरेको हो ।

खोटो निकाल्दा सल्लाका बिरुवा नोक्सान भएकाले आफुहरुले बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । उनका अनुसार अब यस क्षेत्रमा जथाभावी खोटो निकालेको पाइएमा कारबाही हुने छ । यो निर्णयको केहि खोटो व्यापारीहरुले विरोध गरेपनि यसको चौतर्फी स्वागत गरिएको छ ।