☰ open Loading... 21 May 2024|  

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
  | ४ चैत्र २०७४, आईतवार १४:२०

सुर्खेत ।  सुर्खेतको बराहाताल गाउँपालिका–८ दमारेमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । पश्चिम बड्डीचौरबाट वीरेन्द्रनगर आउँदै गरेको भे १ त ८४९० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा विरेन्द्रनगर–१ का १४ वर्षका आशिष नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार ट्रयाक्टर दुर्घटनामा थप दुईजना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–१ घोडाबासका २८ वर्षका जिते नेपाली र सुर्खेतको बराहाताल गाउँपालिका–२ का १४ वर्षका क्षितिज विष्ट घाइते भएका हुन् । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको छ ।