☰ open Loading... 1 May 2024|  

स्ववियू सभापतिले खाए, सुत्केरी भत्ता
  | ४ चैत्र २०७४, आईतवार १६:४०

दैलेख । द्रोणाचल शिक्षा क्याम्पस दुल्लुका दैलेखका सभापति अग्नी रिमालले सुत्केरीलाई दिनुपर्ने प्रोत्साहन भत्ता अनियमितता गरेका छन् । रिजाले स्वास्थ्य चौकी मालिकाबाट सुत्केरी प्रोत्साहन भत्ता लिएका हुन् ।  

 

स्ववियू सभापति रिमाललाई स्वस्थ्य चौकी मालिकामा हेल्थ फर लाईफ परीयोजना र दुल्लुनगरपालिका १३ नम्वर वडा कार्यालयको साझेदारीमा तलव खानेगरी सामुदायीक स्वस्थ्य अभिलेखकर्ता पदमा असारसम्म राखेको थियो ।  

जिल्ला स्वास्थ्य कार्यालय दैलेखले सुत्केरी प्रोत्साहन भत्ताका स्वास्थ्य चौकीको खातामा पठाएको रकममध्ये ४५ हजार रुपैँया स्ववीयू सभापतीले हिनामिना गरेका हुन् । उनलाई स्वास्थ्य चौकी मालिकाले ३ पटक रकम फिर्ताका लागि पत्रचार समेत गरेको छ तर, उनीले रकम फिर्ता नगरेको स्वास्थ्य चौकीले जनाएको छ ।  

स्वस्थ्य चौकी प्रमुख बखतबहादुर शाही र वडा सचिव चन्द्रबहादुर विष्टबाट आफ्नो असारसम्मको तलव सहित स्वास्थ्य चौकी मालिकाको वर्थिङ सेन्टरमा आएको सुत्केरी प्रोत्साहन भत्ता निकाशा सहित २ लाख १० हजारको चेक रिमाललाई साट्न दिईउको थिए । उनले चेकबाट २०७४ असारसम्मको तलव ६५ हजार लिनुपर्ने र बाँकी रकम स्वास्थ्य संस्थामा बुझाउनुपर्ने थियो । रिमाल ४५ हजार बढी रकम लगेर फरार भएका हुन् । स्वास्थ्य संस्थाले ताकेता गरेपछि १ लाख दिएका थिए । बाँकी सुत्केरी भत्ता ४५ हजार उनले पौषमा लगेका थिए । अहिलेसम्म तोकता गर्दा पनि भत्ता अग्निप्रसाद रिमालले नदिएको स्वास्थ्य संस्थाका एक कर्मचारी बताउँछन् ।  

‘धेरै ताकेता गरेपनि सुत्केरी प्रोत्साहन भत्ता फिर्ता भएन् ।’ स्वास्थ्य चौकी प्रमुख बखतबहादुर शाहीले भने, धेरै सुत्केरीले रिजाले भत्ता नबुझाउँदा लिन पाएका छैनन् ।’ २०७४ असार मसान्तसम्म वडा र परियोजनाबाट रिमालले तलव पाईसकेको स्वास्थ्य संस्थाले जनाएको छ । साउनदेखी उनको म्याद नथपिएको जनाईएको छ । साउनदेखी पनि काम गरेकाले आफ्नो तलव दिएको स्ववियू सभापति रिमालले बताए । ‘मैले आफ्नो तलव दिएको हुँ ।’ रिमालले  भने, आफुले तलव लिएको तर, सुत्केरी भत्ता लिएको छैन् ।’

उता हेल्थ फर लाईफका जिल्ला कार्यक्रम प्रमुख सनिप श्रेष्ठले रिमालले काम नगरेकाले साउनदेखी हटाईएको बताए । ‘कामै नगरेकाले साउनदेखी म्याद थप भएन् ।’ श्रेष्ठले भने, म्याद थप नभएपछि तलव पठाउने कुरै भएन् ।’ एक सामुदायिक स्वास्थ्य अभिलेखकर्ताले स्वास्थ्य सस्थामा आएको सुत्केरी प्रोत्साहक भत्ता लिएर हिनामिना गरेपछि कार्वाहीका लागि अन्तिम चिठी लेख्ने तयारी भएको जनाईएको छ ।