☰ open Loading... 1 May 2024|  

कर्णाली प्रदेशका १० जिल्लामै मर्यादित रुपमा एसइई परीक्षा शुरू
  | ८ चैत्र २०७४, बिहीबार १८:२५

सुर्खेत । कर्णाली प्रदेशमा एसइई परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालन भइरहेको छ । दश जिल्लामा बिहिबार भएको अंग्रेजी विषयको परीक्षा समेत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ भने बाँकी परीक्षालाई पनि मर्यादित बनाउनका लागि विशेष रणनीति अपनाइएको छ ।


१६९ परीक्षा केन्द्र रहेको कर्णाली प्रदेशमा ४० हजार ४१२ जना विद्यार्थी परीक्षामा सहभागी छन् । यता, जिल्ला कारागार सुर्खेतमा रहेका दुईजना कैदीबन्दीले समेत आज कारागारबाटै परीक्षा दिएका छन् ।

उनीहरुले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएका हुन् । अदालतको आदेश सजाय भुक्तान गरिरहेका आकाश सुनार र खिम विकले कारागारबाटै परीक्षा दिएका हुन् ।


परीक्षालाई व्यवस्थित र भयरहित बनाउन सम्बन्धी परीक्षा केन्द्रमा आचारसंहिता समेत बनाइएको छ । विद्यार्थीलाई भयरहित वातावरणमा लेख्न सक्ने गरी केन्द्रमा व्यवस्थापन गरिएको शिक्षा अधिकारीहरुले बताएका छन् ।

साथै प्रदेशकै सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्रको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत खटाइएको क्षेत्रीय शिक्षा निर्देनालय सुर्खेतका उप–निर्देशक विष्णु गोतामेले जानकारी दिए ।