☰ open Loading... 30 April 2024|  

कर्णाली प्रदेशमा ६ सयबढी क्षयरोगीका विरामी थपिए
  | १० चैत्र २०७४, शनिबार ०९:५६

सुशील खड्का
सुर्खेत । चालु आर्थिक वर्षको चार महिनामा कर्णाली प्रदेशमा ६ सय बढी क्षयरोगीका विरामीहरु थपिएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार चार महिनाको अवभिमा प्रदेशका १० जिल्लामा ६ सय नयाँ क्षयरोगका विरामीहरु फेला परेका हुन् ।

मन्त्रालयका क्षयरोग अधिकृत खगेन्द्रप्रसाद गैरेका अनुसार सुर्खेतमा २ सय २१, डोल्पामा १३, दैलेखमा ८०, जाजरकोटमा ४३, कालिकोटमा ३४, सल्यानमा ७८, रुकुम पश्चिममा ८०, जुम्लामा २७, मुगुमा ११ र हुम्लामा ८ जना क्षयरोगका विरामी छन् । यी फोक्सोभित्र र फोक्सो बाहिर क्षयरोगको किटाणु देखिएका विरामीहरु हुन् ।

खोजी गरेका क्षयरोगका नयाँ विरामी सम्पर्कमा नआउँदा क्षयरोग निवारणमा समस्या देखिएको गैरैले जानकारी दिए । उनका अनुसार क्षयरोगका विरामी नखुल्दा रोग निवारणमा समस्या देखिएको छ ।

सुर्खेतमा मात्रै गत आर्थिक वर्षमा जिल्लामा ६ सय ६१ जना नयाँ विरामी थिए । क्षयरोगका लागि उपचारमा आएका ८८ प्रतिशत विरामीहरु निको भएर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका क्षयरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिए ।

पछिल्ला तीन वर्षमा क्षयरोग बल्झिएर एक सय ३० जना विरामीले पुनः सम्पर्कमा आएको गौतमले बताए । क्षयरोगका विरामीले स्वास्थ्यकर्मीको निगरानीमा औषधीमा सेवन गर्नु पर्ने भएकाले पनि सवै सम्पर्कमा नआउने गरेको कार्यालयका सूचना अधिकारी बशन्त श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यालयले हाल स्वास्थ्य स्वंयमसेविका विरामीहरुको घरमै पुगेरै औषधी खवाउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले क्षयरोग सम्वन्धी सचेतना जगाउन जरुरी रहेको बताए । उनले कतिपय विरामीहरु अझै समस्या लुकाएर बसेका भन्दै उनले समयमै उपचार गरे क्षयरोग निको हुन्छ भन्ने सन्देश पु¥याउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

यसैविच, मन्त्रालयले प्रदेशका ७९ वटै स्थानीय तहमा विश्व क्षयरोग दिवस मनाउन निर्देशन दिएकाे छ । दिवसको यो वर्षको नारा सबैको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता छ । मन्त्रालयले सुर्खेतसहित