☰ open Loading... 19 April 2024|  

प्रदेश महोत्सवबाट ३८ लाख आम्दानी
  | १० चैत्र २०७४, शनिबार १०:१०

सुर्खेत । गत माघ २६ गतेदेखि फागुन ८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ । प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवमा ३८ लाख ६८ हजार ८ सय ९८ रुपैयाँ आम्दानी भएको हो ।

महोत्सवका संयोजक तथा कर्णाली प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले आय–व्यय प्रस्तुत गरेका थिए । अध्यक्ष शाहीका अनुसार ६ लाख ७७ हजार ६ सय ५७ रुपैयाँ खर्च भएको छ । विभिन्न प्रयोजकहरुसँग ११ लाख ८५ हजार रुपैयाँ उठाउन बाँकी छ । शाहीका अनुसार ३ लाख ६१ हजार ३ सय ६२ रुपैयाँ भने अझै तिर्न बाँकी छ ।

महोत्सवबाट भएको नाफाबाट सुर्खेत उपत्यका नगर विकाससंग जग्गा लिई प्रदेश उद्योग बाणिज्य महासंघको भवन निर्माण कार्यमा खर्च गरिने अध्यक्ष शाहीले जानकारी दिए । महोत्सव लगाउनुको उद्देश्य प्राप्ति भएको भन्दै अध्यक्ष शाहीले निकट भविष्यमा नै भवन निर्माण समिति गठन गरि भवन निर्माणको काम अघि बढाइने बताए ।

उद्योग वाणिज्य महासंघ ६ नं। प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले १५ दिन भित्र महोत्सवको आय व्यय सार्वजनिक गर्ने प्रतिवद्धता गरेपनि महासंघ केन्द्रको निर्वाचनका कारण आय –व्यय प्रस्तुत गर्न ढिला भएको जानकारी दिए ।