☰ open Loading... 19 April 2024|  

गाेरीकला हत्या काण्डकाे रहस्य खुल्याे…
  | १४ चैत्र २०७४, बुधबार १३:३९

सुर्खेत। एसईई परीक्षा दिन सुर्खेतको बाबियाचौर आएकी गाेरीकला रोकायाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाया परीक्षाको तयारीमा रहेकै बेला मंगलबार डेरामा मृत भेटिनु भएको थियो ।

लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाया गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले हत्या गरेको स्वीकारेका छन्, प्रहरीले केहीवेर पछि उनीहरुलाई सार्वजनिक गर्ने बताएको छ ।